Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थप २ हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २५ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार ११७ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार  ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप २ हजार ३३७ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ५९९ रहेको छ ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २५ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल १० हजार ६६३ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।