Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थ्री स्टार हाइड्रोको आईपीओ आजदेखि

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले आज बैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीको आईपीओका लागि स्थानीयले छिटोमा बैशाख २५ गतेसम्म र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । तर, श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने बैशाख २५ गतेसम्म मात्र आवेदन पाउने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले निष्काशन गर्ने ४ लाख ९२ हजार ५ सय कित्ता आईपीओका लागि आयोजना प्रभावित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको वडा १ देखि वडा नम्बर ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् ।
यता ७३ हजार ८ सय ७५ का लागि विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिन पाउने छन् ।
पहिलो चरणको आईपीओ बाँडफाँट गरेपछि सर्बसाधारणलाई आईपीओ निष्काशन गरिने कम्पनीले जानकारी दिएको छ ।
उक्त कम्पनीले खोटाङको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको छ ।


सम्बन्धित समाचार

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल