Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
वासिङ्टन । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण सञ्चालन गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार इरानका क्षेप्यास्त्र अड्डा तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने तयारीमा रहेका जहाजहरूलाई लक्षित गर्दै कारबाही गरिएको हो।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण आत्मरक्षाका लागि गरिएको उल्लेख गर्दै इरानी सैन्य गतिविधिबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्नु यसको मुख्य उद्देश्य रहेको जनाएको छ।
सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्धविरामको अवस्थालाई ध्यानमा राख्दै अमेरिकी सेनाले संयमता अपनाएको बताए। साथै उनले क्षेत्रीय सुरक्षासँगै आफ्ना सैनिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक कदम चालिएको स्पष्ट पारे।
यो आक्रमण इरान र अमेरिकाबीच जारी कूटनीतिक प्रयासका बीच भएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले हालसम्मका वार्तामा केही सकारात्मक प्रगति भएको स्वीकार गरे पनि द्वन्द्व अन्त्य गर्ने कुनै अन्तिम सम्झौता तत्काल हुने सम्भावना नरहेको बताएका छन्।
पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव पूर्ण रूपमा साम्य नभइसकेको संकेत गरेका छन् भने युद्धविराम कायम राख्ने प्रयाससँगै दुवै पक्षले सैन्य र कूटनीतिक गतिविधिलाई समानान्तर रूपमा अघि बढाइरहेका छन्।
२०८३ जेष्ठ १२
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल