Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दलहरुलाई निर्वाचन आयोगले डाक्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा एकाएक विघटन गरिएको संसदको मुद्दा सर्वोच्चमा विचाराधिन हरेको बेला आगामी वैशाखका लागि तोकिएको विर्नाचन अन्योलमा परे पनि आयोगले भने निर्वाचन प्रक्रिया शुरु गर्न बाध्य भएको छ । निर्वाचन आयोगले दलहरुलाई आयोगको कार्यालयमा डाकेको छ। आज ११ बजे सबै दलहरुलाई छलफलका लागि बोलाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लिलामणि पोखरेलले जानकारी दिए। वैशाख १७ र वैशाख २७ गते गरी दुई चरणमा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुने मिति सरकारले तोकिसकेको छ। यस्तो अवस्थामा आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको हो।
प्रचण्ड माधव पक्षले निर्वाचन आयोगमा पोखरेललाई पठाउन लागेको हो। पोखरेलले अहिले आचारसंहिताको कुराभन्दा दल विवाद टुंग्याउनुपर्ने अडान राख्ने बताएका छन्।