Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । राष्ट्रवादको रोइलो गाएर कानूनी राजको धज्जी उडाउने प्रम केपी ओलीले नेपालको राष्ट्रिय ध्वजाबाहक कम्पनि बायुसेवा निगम डुबाउन सफल यति एयरलाई पोस्ने धन्दा चलाए । प्रम ओलीको समर्थन बिना पर्यटन मन्त्रालय र नागरिक उड्यायन प्राधिकरणले हिमालयन एयरलाई सेवा सुविधा दिन सक्दैन । हिमालयन एयर त्यो हो जहाँ यति एयर जोडिएको छ । एति एयरका मालिकले नेकपा एमालेका लागि धुम्बराहीको भवन सुम्पिए वापत नेपाल ट्रष्टको सम्पत्ति कौडीको मूल्यमा फुत्काए । सगरमाथा राष्ट्रिय निकुञ्जको जमिनमा दोहल खोलेका छन् ।
वायुसेवा निगमको बोर्डमा किशोर प्रधान, फूर ग्याल्जे शेर्पा, ईश्वरी पौडेललाई लगेर हिमालयन एयरको पक्षमा काम गराइँदैछ । जबकी बायुसेवा निगमभित्र यी माफियाको राज चल्छ, निगमले पाउने चार्टर अडानमा हिमालयन एयर प्रवेश गरेको छ । निगमको असक्षम नेतृत्वमा डिम प्रकाश पौडेलको प्रवेश नै संकटको कारण बन्यो । निगमलाई ८९ उडान दिएर हिमालयनले १६८ उडान पाउनुमा बायुसेवा निगम र नागरिक उड्यायन प्राधिकरणको लुट जोडिन्छ । नेपालका हवाई उडान कालो सूचीमा राखेर फानोली कम्पनीका जाहाज नेपाललाई भिडाउन पनि सरकारी षड्यन्त्रका कमजोरी हुन् । जहाजको कारोबार नगर्ने कम्पनीलाई भाडामा जहाज लिने नाउमा करोडौ रकम सुम्पेर खान यमलाल कडेल मन्त्री र हङ्कङ राना महाप्रबन्धक भएको बेला पनि थियो ।
निषेधज्ञाको बेला १६८ अन्र्तराष्ट्रिय अडान भए । निगमसँग अन्र्तराष्ट्रिय उडान गर्ने चार जाहाज छन् । तर हिमालयनले ११६ वटा कार्गो उडान ग¥यो । निगमले ३८ उडान गर्दा २० वटा कार्गाे ग¥यो । व्यवस्थापनमा हवाई माफीयाहरूको बाहुल्य भएपछि सरकारको स्वामित्वको वायुसेवा निगम सप्रर्ने कुरै भएन । नेपालमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन जानेसँग हिमालयनले लुटिरहेको छ, सरकार हेरिरहन्छ । नेपालबाट साउदी जानेसँग रु २ लाख अशुल्ने हिमालयन एयर नागरिक उड्डयन प्राधिकरण भन्दा ठूलो बालुवाटार सुरक्षित संस्था बन्दैछ । वायुसेवा निगमले उडान शुरु नगर्दा हिमालयनको लुट चम्किएको हो । रोजगार नपाएर विदेश जानु छ । विदेशमा एक वर्षको श्रमबाट जम्मा हुने रु ३ लाख नेपालकै म्यान पावर कम्पनी र हिमालयन एयरलाई बुझाउनु परेपछि केपी ओलीको सरकार श्रमीकमाथि लुट चम्काउन अजिङ्गर रुपि भयो भन्दा अपराध हुँदैन । जबकी काठमाण्डौ दमाम भाडा दुई तर्फी ४५ हजार मात्र हो । तर म्यानपावरसँग मिलेर हिमालयनले १४ दिन क्वारेण्टाइन खर्च जोडेर नेपालमै रु २ लाख कुम्ल्याउँदै आएको छ ।
ऋणले वायुसेवा निगम डूबेको छ । ठूलो जाहाज किन्न नागरिक लगानी कोष र सञ्चयकोषबाट लिएको १२ अर्ब ऋण बढेर ४४ अर्ब २७ करोडबाट ४८ अर्ब पुगिसक्यो । तर व्यापार भने सरकारले हिमालयनलाई दिने गरेको छ । निगम सुधार्ने आउँदैनन् भत्काउनेलाई मात्र ल्याउने काम सरकारले गर्छ । कम्युनिष्टले संरचना बनाउने होइन भत्काउने, ध्वस्त पार्ने हो भन्ने कुरा ओली सरकारको चार वर्षे अवधि वायुसेवा निगम, विद्युत प्राधिकरण, ३२ सञ्चार प्राधिकरण जस्ता संस्थाको हालतले छर्लङ्ग बनाउँछ । आफू लुट्ने निगमको प्रतिष्ठा भत्काउँदै यति एयरलाई पोस्ने धुन्दकारीहरू बायुसेवा निगमभित्र धेरै छन् । राजनीतिक नियुक्तिमा ल्याइएका महाप्रबन्धकहरू संस्था जोगाउन चाहँदैनन् भन्ने कुरा डिमप्रसाद पौडेलको पछिल्लो व्यवस्थापन नै हो । शुशिल घिमिरे कार्यकारी बनेर निगममा आए उनले ऋण घटाउने योजना ल्याएनन् । निगमको जाहाज भाडामा लिएर हिमाली क्षेत्रको उडानबाट डलर कमाएको तारा एयर, एति एयर भगीनी संस्था हो । निगमले ३ वटा टुइनअटर जहाज भाडा लगाएको छ । तारा एयरले डलर कमाउँछ निगमले भाडा अशुल्न सक्दैन । प्रधानमन्त्री ओलीको संरक्षण प्राप्त समूहले जनता मात्र लुटेको छैन । वायुसेवा निगम समेत लुटेको छ । जबकी निगमले सञ्चयकोषको रु १४ अर्ब ८३ करोड ८७ लाख ४६ हजार नागरिक लगानी कोषको रु १४ अर्ब ५५ करोड २५ लाख लगानीकोषको रु १४ अर्र्ब ५५ करोड २५ लाख ७५ हजार, वाणिज्य बैङ्कको ओभर ड्राफ्ट ५९ करोड ५२ लाख, हिमालय बैङ्क १ अर्ब १९ करोड र सरकारकै ऋण ३ अर्ब ६० करोड तिर्न सकेको छैन । यो ऋणको निगमको सम्पत्ति बेच्दा पनि पुग्दैन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल