Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दशैंमा महंगियो सुन, एकैदिन १२ सयले उकालो

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ। बुधबार प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४५ सय रुपैयाँमा कारोबार भएको थियो।