Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दशैं आसपास कोरोनाले उग्र रुप देखाउने, आजै थपिए २२५३ जना संक्रमित

काठमाडौं । हिन्दूहरुको ठूलो पर्व दशैं नजिकिएसँगै चहलपल बढेको छ । बजार पनि विस्तारै खुल्न थालेका छन् भने लामो दूरीका सवारी पनि चल्न थाले । योसँगै कोरोना संक्रमणको ग्राफ पनि ह्वात्तै बढेर गएको छ । यही अवस्था जारी रहने हो भने दशैं आसपास कोरोना संक्रमणको भयावह अवस्था आउने आँकलन स्वास्थ्यकर्मीहरुले गर्न थालेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।


सम्बन्धित समाचार