Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । प्रतेक वर्ष दशै तिहारको यात्रा कष्टकर हुन्छ । सरकार छ त्यसले सेण्डीकेट माफीयाहरुको जालो तोड्न चाहेन । राम बहादुर थापा गुहमन्त्री थिए रघुवीर महासेठ यातायात मन्त्री । त्यो बेला सेण्डीकेट तोड्न सरकार लाग्यो । देशभरका यातायात समितिलाई दर्ता हुन र उद्योगमा जान सरकारले निर्देशन दिए पनि माफीयाहरुले प्रधानमन्त्री केपि ओलीलाई भेट्नासाथ सेण्डीकेटको टोलीले पूरानै अवस्थामा थोत्रा बस चलाउन यात्रुलाई दुख दिन सकृय भयो । आयल निगमले इन्धन मूल्य बढाउन साथ यात्रु भाडा बढाउन यातायात व्यवसायी सफल हुन्छन् । राजधानीमा भाडा बढेको छैन । भाडाका बसहरुले रु १५ को ठाँउमा रु २० लिएका छन् ।
सरकारले प्रदेश अन्तर गरेर भाडा बढायो । बागमति प्रदेशका जिल्लामा जाने भाडा बढेको छैन । बस पार्कबाट भक्तपुर जाने भाडा बढ्यो । ट्राफिकले भाडाको बारेमा सोच्दैन । यातायात व्यवस्था विभागलाई अनुगमन गर्नु छैन । दशैको नाउमा बसपार्क, कलंकी, कोटेश्वर,चाबेल जस्ता ठाँउमा टिकट खुलेको छ । हवाई क्षेत्र पनि उस्तै छ सडक क्षेत्र उस्तै छ । मनपरी भाडा अशुल्ने तर टिकट छैन बस छैन भन्न व्यवसायीले थालेका छन् ।
बिमान स्थलमा गयो त्यस्तै छ । सडक यात्रा वर्षादका कारण कष्टकर छ । सरकार छ कि छैन जनता अन्यौलमा छन् । कम्युनिष्ट सरकारले मुलुकको प्रतेक समस्यालाई पिर्छ । विकृति हटाउछ भन्ने थियो त्यो भएन । बरु झन् सेण्डीकेट घारीलाई संरक्षण दियो । कम्पनीमा जान कर तिर्न नपर्ने प्रमुख जिल्ला अधिकारीको खटनमा चल्ने सार्वजनिक यातायातमा यात्रुमाथि शोषण छ, दमन छ, टिकट पाइदैन तर त्यसको रेखदेख गर्ने निकाय छैन, मन्त्री छैनन् । सचिवले नीतिगत निर्णय गर्दैनन् । भद्रगोलको यो भयावह हटाउने दायित्व राज्यको हो । तर वर्तमान राज्य संरचना कहाँ कसरी कसले चलाएको छ पत्तो छैन ।
देशभर बस सञ्चालक समिति छन् । अरनीको यातायात, पृथ्वी राजमार्ग बस सञ्चालन समिति लुम्बीनी यातायात, मध्य पश्चिमाञ्चल यातायात, सुदुर पश्चिम यातायात, पूर्वाञ्चल यातायात जस्ता सेण्डीकेट पक्षधर संस्थाका सञ्चालकहरु एउटा न एउटा दलका मालिक छन् । सरकारमा यातायात मन्त्रालय र गृहमन्त्रालयले हो सार्वजनिक सरोकारमा गम्भीर हुने ।
तर पदभ्रष्ट सत्तालम्पट राजनीतिले यात्रुले पाएको दुख त हेरेन महंगी र अभाव चम्काएका ठूला माफीयाको खोजी नै गरेन । दशै बजार खुलेका छन् । खाद्य कम्पनी भित्र व्यवसायहरु बढेका छन् । खुलेरै चिनिएर नै कुहिएको चामल ग्राहकलाई भिडाउने माथी सरकारले सोधपुछ गरेको सूचना जनताले पाएन । दुग्ध विकास संस्थान सडेको मखन बेच्छ त्यहाँ खाद्य प्रविधि तथा गुण नियन्त्रण को नजर पर्दैन । यातायातको क्षेत्रमा त्यस्तै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक सुधार्ने आटपनि गरेन । आफूलाई काँग्रेसको सिपाई ठान्ने सडक विभागका महानिर्देशक अर्जून जंग थापा आए पनि सडक सुधार गर्न सकेका छैनन् । राजधानी मै सडकको दुदर्शा छ । ढलमा बालक बगेर बेपत्ता भएकै छन् । सडक अव्यवस्थीत हुँदा दुर्घटनालाई निम्त्याउँछ । देउवा सरकार आफै अपाङ्ग छ । देशमा वेथिति बढेकै छ । राजनीति गर्नेलाई त्यसले कतै छोएको छैन । मुलुकको हित जनताको सेवा गर्ने भन्दा राजनीतिले व्यापार गर्नु उपलब्धी ठान्यो । त्यही कारण जताततै विकृति छ । यातायात क्षेत्रमा त त्यसले चाडपर्वकै बेला समस्या दिलाएको छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल