Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दाई भाउजुले गल्ती गर्दा !

काठमाडौं । जो ऋणी छ उसैसँग घुस खाने र प्रहरीको बदनाम गर्न सिआईडी सञ्चालन गर्ने लहर चलाएका अर्थमन्त्रीले बक्यौता तिर्न कहाँ के गर्छन् पत्तो छैन । अर्थमन्त्री स्वर्णिम वाग्ले आफैं गरिब र बिपन्नका शत्रु हुन् । उनले नेपालको गरिबी र अभाव बुझ्थे भने लघुवित्त, सहकारी ठगी, मिटरव्याज प्रकरणको बारेमा अर्थ मन्त्रीको तहबाट केही बोल्थे । किनकि आर्यघाटमा लाससँग कर उठाउने रविको सिद्धान्त अनुसार नत काँग्रेस, नत कम्युनिष्ट भनेका हुन्् । काँग्रेस कम्युनिष्ट नभनी उठाउने रास्वपाको यो अवधारणा रवि लामिछानेले प्रस्तु्त गर्ने आँट गरेनन् । जनतालाई ठग्न र मुर्गा बनाउन विद्युत प्रयोग गरेर अरवौं महशुल नतिर्ने जगदम्ब स्टिल, अग्नि सिमेन्ट जस्ता ४५ उद्योगको महसुलका कमिशन आफैं घिच्न घरासयी विद्युतको ५० युनिटमाथि कर लगाइएको हो भन्ने अर्थमन्त्री किन डराउने ? जसले विद्युतीय गाडीको २१७ प्रतिशत कर अरुलाई लगायो र आफूले रु २ अर्ब ४० करोड घुस खायो । जान्नेलाई छान्नेको यही हो साहस । नैतिक धरातल नभएका स्वाठहरू एउटै थालमा खान्छन् भन्ने कुरा अर्थमन्त्री र राष्ट्रबैङ्कका भगर्नर हुन् । डा. स्वर्णिम जुन क्षेत्रमा चुनाव लड्न चाहन्थे त्यहाँ त्यो बेला दाई भाउजुको पार्टीले आची खायो । डा. स्वर्णिमलाई त्यहाँ नरोकिएको भए आज मुर्दामा कर लगाउने अर्थमन्त्री देशमा हुँदैनथे । राष्ट्रबैङ्कका गभर्नरसँग बोरामै लिएको नै दाइ भाउजुको गल्ती थियो । घर जल्यो, लात्ती खाए, तीनलाई त्यो पुगेकै थिएन । काँग्रेस पनि यहाँ जोडिन्छ । एमालेका केपी ओपीले झैं विद्युतको महसुल नतिर मलाई घुस देउ, चुप बस भन्ने आँट बालेन्द्र शाहको छैन तर सचिवालयको लुटेरा पथले त्यो गर्दैन भन्न सकिँदैन । किनकि यो सरकार प्रम र उनको टिम शुद्ध देशघाती हो । यो टिमले देश बनाउने नाउमा केपी ओलीले भन्दा बढी लुटिसकेको छ । स्वाङ पार्नै पर्दैन सीमामा २÷४ केजी समात्यो, ट्रक छोड्यो । सशस्त्र प्रहरी, नेपाल प्रहरीका नालायक आईजीपीहरूको कुरै पद धान्ने हो । देश र जनताको विश्वासिलो संगठन बनाउनेमा छैन । गृहमन्त्री आफैं विवादित छन् । जसले टिसर्ट लगाएर प्रहरी आईजीपी दानबहादुर कार्कीको पोशाकमाथि प्रहार गर्छ । प्रधानमन्त्रीको ताल त्यही छ । कालो चस्मा लगाउने त गाडीको कालो पर्दा हटाए, मनको कालो कहिले हटाउलान् ? वर्तमान सरकार नांगै छ । यो सरकारको नीति तथा कार्यक्रमले बजेटलाई छोएन । जनता सताउने र मार्ने काममा प्रहरी र सशस्त्रकै प्रतिस्पर्धा छ । सुनसरीमा गोली कसले चलायो सशस्त्र र प्रहरीमा द्वन्द्व छ । तर सशस्त्र भित्र पूरै गुटबन्दी चम्काउँदा एक चतुर एआईजीले गोली सशस्त्रले चलाएको हो भन्ने सूचना सिंहदरबारभित्रै छरपस्ट फैलाएको बेला गृहमन्त्रीलाई पत्तो छैन ।