Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दादागिरीविरुद्ध जाग्यो राष्ट्रवाद !

ईश्वरी वाग्ले

आखिर भारतीय दाशहरूबाट परिचालित नेपालको राजकीय सत्ताले राष्ट्रवादी सोच र सार्वभौम अखण्डताको निम्ति सर्वदलीय एकता गरेको छ । नेपालको इतिहासमा राष्ट्रघाती महाकाली सन्धि गर्ने शेरबहादुर देउवा, माधव नेपाल, खड्ग ओली, पशुपति समशेर जबरा, प्रकाशचन्द्र लोहनीको टोली त्यो बेला निकै गौरव गथ्र्यो । टनकपुरको बिजुली स्याटेलाइटबाट चीनमा बेच्ने व्यापारी माधव नेपाल होऊन् वा १२ खर्ब १३ अर्ब नेपालले पाउँछ भन्ने खड्ग प्रसाद ओली अहिले नेकपाका वरिष्ठ नेता र प्रधानमन्त्री छन् ।

आफू कमजोर भएपछि तर्कने भारतीय सरकारमा जो सुकै होस् नेपालीमाथि दमन गर्ने अभियानमा कमजोर छैन । भारतले नेपालमा आईजीपी को बनाउने, सेनापति को बनाउने, मुख्यसचिव कसलाई बनाउने, कसलाई सांसद बन्न दिने, कसलाई मन्त्री बनाउने भन्ने निर्णय भारतीय गुप्तचर रअको हातमा थियो । अहिले स्थिति उल्टो छ । हिजोका दलालहरू छिन्नभिन्न भएका छन् । सिमा समस्या नेपालको दीर्घ रोग हो । नेपाल भारत सिमामा क्रसबोर्डर सुरक्षाको विषय विवादमा पर्ने गर्छ ।

दशगजा क्षेत्रमा घर बनाइएका छन् । ७१ ठाउँमा अतिक्रमण छ । २३ जिल्ला सीमामा पर्छन् । अहिले नक्साकै सवाल विवादमा छ । भारतको विदेश मन्त्रालयले जसरी बोल्यो त्यसको प्रतिकार पराष्ट्र मन्त्रालयले गरेको छ । अहिले सीमाको समस्या नेपालमा मात्र होइन भारतले पाकिस्तानसँग जोडिएको कास्मिरमा देखिएको दादागिरीलाई चिनिया पक्षले भुटान र चिनको सिमामा देखाएको चासोले भारत हच्किएकै हो । नेपालको प्रशासन माइक्रोम्यानेजमेन्टका सुपात्रहरू धेरै छन् । नापी विभाग र परराष्ट्र मन्त्रालय अन्तर्गतका दलालहरूले देशलाई भारतीय सत्ता गोटी बनाएका छन् । भारत आफू बलियो हुँदा हच्कन्छ । जग्गा नाप्ने र सीमा सुरक्षाको हकदारको प्राविधिक पक्ष मिल्दैन । यहाँ नेपाली पक्षले सीमा सुरक्षा बलको रुपमा सशस्त्र प्रहरीलाई अग्रसर गराएर लिम्पिया धुरा र टिंकरमा फौज पठायो भने बल्ल सरकारको राष्ट्रिय स्वाभिमान झल्कने छ । तर, नेपाल प्रहरीलाई ३ हजार ७ सय थप दरबन्दी दिएको गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई दरबन्दी थप नगर्नु आफैंमा अन्याय त भएको छैन ? यसतर्फ यही बेला राज्यले ध्यान दिन जरुरी छ ।

जहाँ प्राविधिकहरू भारतीय दलाल छन् त्यहाँको सीमा नक्सा देश हितअनुकुल छ भन्न सकिँदैन । सरकार अहिले प्रतिष्ठाको निम्ति लडेको छ । त्यसको प्रतिष्ठा बचाउन सडकमा विद्यार्थी उत्रेका छन् । यो त्यो भन्ने छैन देश जुरुक्क उठेको छ । यो बेलामा टनकपुरको बिजुली पनि खोज्नु प¥यो भारतले दिने १२ खर्ब १३ अर्ब पनि चाहियो, हिजो राष्ट्रवादको जामा लगाएर उफ्रिएका वामदेवहरू होऊ्न कि आफ्नै मतदाता भारतीय सुरक्षा गस्ति सिविआईको आक्रमणमा पर्दा दुवै हातका दश औंला भरि औंठी लगाएर हिँड्ने हृदयेश त्रिपाठीहरूको मौन व्रत खोल्ने दिन नआउला भन्न सकिँदैन । दलालहरू हङ पार्लियामेन्टको बेला जति जुर्मुराउँछन् अहिले ठाडो शीर गर्न सक्दैनन् । किनकि लिम्पिया धुराको कुरा होस् वा कुटियाङदिको विषय, लिपुलेसँग जोडिन्छ । त्यो त्यही लिपुलेक हो जहँँ चिनियाँ पक्ष र भारतीय पक्षले संयुक्त व्यापार ट्रान्जिट प्वाइन्ट बनाउने हस्ताक्षर गर्दा नेपालले प्रतिवाद ग¥यो । चिनले विचार गर्छु भन्यो भारत अहिलेसम्म बोलेको छैन । आफ्नो देशको सीमाको लडाइँमा आफैं नांगिँदा पाकिस्तानले वायुयान चालक पक्रिँदा र सुपुर्दगी गर्दा ओइलाएको विस्तारवाद नेपालमा दादागिरी कति गर्छ ? नेपालको समृद्धि र विकासको बाधक कोही छ भने त्यो भारत हो । भारतीय क्षेत्रको सीमा अतिक्रमणको चर्चा चल्दा दश गजा अगाडि आउँछ ।

छिमेकी नभई पनि हुन्न भए पनि त्यो छिमेकीले सम्मानपूर्वक व्यवहार गर्दैन भने त्यसबेला त्यो छिमेकी अर्थहिन हुन्छ । टनकपुर सुम्पिँदा बोतलका बोलत स्याम्पेन सक्ने डा. लोहनी र भारतकै ज्वाइँ पशुपति समशेरको डाको अहिले चर्को छ । राज्यका सञ्चालकहरू देशभक्त, जनप्रिय, असल शासक भएका भए सायद लिम्पिया धुरा कुटियाङ्दीलाई भारतीय सुरक्षा बल एसएसबीले कब्जा गर्न सक्ने थिएन । सरकारले राष्ट्रवादको नारा लगाए पनि सताएको छ मेडिकल माफियाको लुटको विरोध गर्दा पनि तारो बनाएको छ । भ्रष्टाचार विकृति, विसंगतिको अन्त्य खोज्दा पनि दमन गरेको छ । यस्तो व्यवहार राम्रो भएन । देश बचाउने कम्युनिष्ट पार्टीको बर्चश्व यसरी बच्दैन ।
सरकार भ्रष्टहरूको संरक्षक बन्नु हुँदैन । जसले जनताका बीचमा देखाएको विश्वास कार्यान्वयन गरेको छैन । हरेक काममा बिचौलियाको बिगबिगी चर्केको छ । ओली गुटको संरक्षणमा चलेको विकृति हटाउन कठोर निर्णय गर्नु पथ्र्यो । प्रधानमन्त्रीका एक दर्जन बिचौलियाले सामूहिक राजीनामा त दिए उनीहरूको कारण प्रधानमन्त्री ओलीको समृद्धि र विकास रोकिएको थियो भने त हटाइएको ठिकै हो । सडकको जात्रा त हिउँदको समयमा कति हुन्छ कति ?