Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले सार्वजनिक बिदा व्यवस्थालाई पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ। सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू भइसकेपछि वर्षभर कायम रहेका अन्य सार्वजनिक बिदाको संख्या धेरै भएको निष्कर्ष निकाल्दै सरकारले अध्ययन सुरु गरेको हो।
यसका लागि सचिवस्तरीय निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन्।
कार्यदललाई १५ दिनभित्र हाल कायम सार्वजनिक बिदाको समीक्षा गरी आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
सरकारका अनुसार सातामा दुई दिन बिदा कायम भएपछि चाडपर्व, दिवस तथा अन्य अवसरमा दिइने सार्वजनिक बिदाका कारण सरकारी कार्यालय लामो समय बन्द हुने अवस्था देखिएको छ। यसले सेवा प्रवाहमा असर परेको निष्कर्ष निकालिएको छ।
कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको सार्वजनिक बिदा क्यालेन्डर परिमार्जन गरिने तयारी छ। त्यसक्रममा केही विद्यमान सार्वजनिक बिदा घटाउने वा व्यवस्थापन गर्ने विषयमा निर्णय हुन सक्ने सरकारी स्रोतले जनाएको छ।
२०८३ श्रावण ५
ताजा नेपाल
२०८३ श्रावण ५
ताजा नेपाल
२०८३ श्रावण ५
ताजा नेपाल