Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई अध्यक्षको विवाद मिलाउन उपाध्यक्षको दौडधूप

काठमाडौँ । सत्तारुढ नेकपाको आन्तरिक चुलिएर विष्फोट नहोला भन्न सकिने अवस्थामा पुगेको छ । यही बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । शनिबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका अध्यी ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । ओली खुमलटार पुगेको केहीसमय पछि उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । अहिले तीन नेताबीच खुमलटारमा छलफल चलिरहेको छ । पार्टी भित्रको विवाद मिलाउन सक्रिय गौतम दुई अध्यक्षबीचको छलफलमा सहभागी हुन पुगेको विषयलाई महत्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार