Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई मुख्यमन्त्री राजेन्द्रलाई कोरोना संक्रमण

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री राईसहित पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । सचिवालयका १६ जनामा सोमबार पीसीआर परीक्षण गरिएकोमा तीनजनालाई कोरोना पुष्टि भएको थियो । संक्रमित तीनैजना हाल होम आइसोलेसनमा छन् । त्यस्तै, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना देखिएपछि उनी आराममा रहेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले जानकारी दिए । खनालका अनुसार तीन दिनअघि पाण्डेलाई संक्रमण पुष्टि भएको हो ।