Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दुबईकी राजकुमारीले आफ्नो पारपाचुके भएको खुलाएकी छिन् । राजकुमारी शेखा मर्रा बिन्त महोमद बिन रसिद अल माक्तुमले आफ्नो भेरिफाइड इन्स्टाग्राममा लेखेकी छिन्, योसँगै म हाम्रो पारपाचुके भएको घोषणा गर्छु ।
राजकुमारीको पारपाचुकेबारेमा उनका श्रीमानले कुनै प्रतिक्रिया दिएका छैनन् ।
बीबीसीका अनुसार दुबईका शासक शेख महोमदले पनि कुनै सार्वजनिक जानकारी दिएका छैनन् ।
तीन तलाक झल्को ल्याउने गरी उनले लेखेकी छिन्, मैले पारपाचुके गरेँ । मैले पारपाचुके गरेँ । मैले पारपाचुके गरेँ । उनले आफ्नो पोस्टको सुरुवात प्रिय श्रीमान् भनेर गरेकी छन् ।
राजकुमारीको पारपाचुके पोस्टमा लेखिएको छ, प्रिय श्रीमान् । तपाईँ अरूसँगै व्यस्त भएकोले मैले पारपाचुके घोषणा गरेको छु । मैले पारपाचुके गरेँ । मैले पारपाचुके गरेँ । मैले पारपाचुके गरेँ । आफ्नो ख्याल गर्नु । तिम्रो पूर्वश्रीमती ।
श्रीमानसँग पारपाचुके गर्ने राजकुमारी महिला अधिकारकर्मी तथा डिजाइनर समेत हुन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल