Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धनकुटा । विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको दुर्गा लक्ष्मी परोपकार संस्थाले ८० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । धनकुटा देब्रेवास समाज भवनमा सम्पन्न कार्यक्रममा १२ जना अग्रज आमा–बुबाहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष सरस्वती श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष महेश प्रसाद श्रेष्ठले गर्नुभएको थियो। संस्थापक अध्यक्ष तथा क्यान्सर अभियन्ता ईश्वर श्रेष्ठले “अग्रजहरूको सम्मान हाम्रो संस्कृतिको पहिचान हो, किनभने तिनीहरू सधैं हृदयमा बस्छन्। विनम्रता जहाँ छ, त्यहाँ सम्मान फुल्छ।” भन्दै जेष्ठ नागरिकहरूको सम्मान निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले राज्यले जेष्ठ नागरिकका लागि कागजी सुविधाहरू मात्र उल्लेख गरे पनि व्यवहारिक रूपमा प्रभावकारी सहयोग नपुर्याएको विषयमा पनि आफ्नो धारणा राख्नुभयो। कार्यक्रममा धन बहादुर खण्डकाले सहजीकरण गर्नुभएको थियो। साथै, अभिभावक संघका राष्ट्रिय उपाध्यक्ष सुन्दर बाबु श्रेष्ठ, भाषा क्याम्पसका प्रमुख केशव श्रेष्ठ, गोकुन्डेस्वर बाल मन्दिर माविका सह–प्राध्यापक जीवन श्रेष्ठ, मूर्तिकार श्रीकृष्ण जोशी, जेष्ठ नागरिक कुल बहादुर रानालगायतका व्यक्तित्वहरूले आफ्नो विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष सरस्वती श्रेष्ठले संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्य शिविर, सीपमूलक तालिम, क्यान्सर सचेतना कार्यक्रमजस्ता गतिविधिहरूको जानकारी गराउँदै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो।
२०८१ चैत्र ४
ताजा नेपाल
२०८१ चैत्र ४
ताजा नेपाल
२०८१ चैत्र ३
ताजा नेपाल