Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्घटनामा मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार विहान शोक वक्तव्य जारी गर्दै मुगु, कास्की, अछाम लगायतका ठाउँमा सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग प्रचण्डले आग्रह गरेका हुन् । साथै उनले सडक घटना न्यूनीकरणका लागि विशेष ध्यान पुर्याउन राज्यलाई आग्रह समेत गरेका छन् । विजया दशमीको मुखमा देशका विभिन्न भागमा भएका सडक दुर्घटनाका खबरले मर्माहत बनाएको प्रचण्डले बताए । ुविजया दशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ । साथै, कास्की, अछाम लगायत दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु, शोक वक्तव्यमा भनिएको छ । यता प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका थिए ।