Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दूताबास रित्तिदा प्रधानमन्त्री दंग !

काठमाण्डौ । ओली सरकारले भर्ति गरेका कुटनीतिज्ञहरुको व्यापार चौपट हुने भएको छ । भारतका राजदूत निलम्बर आचार्य काँग्रेस होइनन् काँग्रेसलाई मतदिने तर्थे । यीनकै सहयात्री कृष्ण मुशारी भण्डारी गोरखापत्रमा नियुत्ति लिएकै थिए । महेन्द्र पाण्डे, डा. वशीधर मिश्र, नारदमुनी भारद्वाज, उदयराज पाण्डे राजदूत पद थाम्ने हैसीयतका थिए ।

असफल अर्थमन्त्री डा. युवराज खतिवडा, व्यूरोकेसीका नालायक लोक दर्शन रेग्मी पनि अमेरिका र बेलायतका राजदूत भए । तर देशका लागि सिन्को भाँचेका छैनन् । प्रधानमन्त्रीकी शासू प्रतिमा राजाले राज परिवारकै ज्यू हजुरीमा बिताइन् । दावा फूटी शेर्पाले स्पेनमा कति व्यापार बढाइन, अन्जना शाक्यले इजरायलमा कति नर्स पठाईन थाहा छैन तर कतारका नारदमुनी भारद्वाजले भने देशको लागि रोजगारी बढ्ने ठाँउ खोजेकै हुन् । प्रम देउवाले दंग हुने दिन आयो । मलेसीयाका उदयराज पाण्डेले त्यहाँ नेपालीको सहज रोजगार बढाउन सकेका छैनन् । थर श्रमरोजगारीको रोजाइको गन्तब्य भने बनेको छ । ओम्नीकी सर्मिला पराजुलीको खेलो फड्को कता छ अन्जना शाक्य त केपी ओलीकी मनपरेकी कुट्नीतिज्ञ महन । लोग्ने प्रदेश सरकारको मन्त्री श्रीमति राजदूत क्या आनन्द छ शाक्य टोलीलाई ।

अब देउवाबाट कतिले आश गर्ने हुन् ? कुटनैतिक क्षेत्रमा विज्ञता भएका भन्दा कार्यकर्ता भर्ति गर्ने चलन छ । देशसँगको सम्बन्धलाई सुद्ढ गर्ने कुटनीतिले देशको इज्जत बचाउने हो । माओवादी सत्तामा आउछ उसैका लठैतहरुले ठाँउ ओगट्ने काँग्रेसले भारदारी सभाका सदस्यहरुको मात्र नाँउ लिने गरेकै छन् । सरकारले २३ देशका राजदूत छनौट गर्दा दलगत भागवण्डा नै हुन्छ । मन्त्रीमा ठूलो भाग खोज्दा गठनको प्रकृया टुङ्गिएको छैन । राजदूतको नाँउ छान्दा कति लफडा हुने हो ? प्रधानमन्त्री देउवा दंग छन् ।


सम्बन्धित समाचार