Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दूधको मूल्य बढ्यो (कहाँ कति ?)

काठमाडौं । २ चैत देखि उपभोक्त्तामा दूधको मूल्य बढेर आएको छ। दुग्ध विकास संस्थानका अनुसार गत १९ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आजबाट उपभोक्तामा दूधको मूल्य बढाइएको हो। किसानलाई राहत दिने गरी सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको थियो। कृषकहरूबाट उत्पादित ४ यूनिट घृतांश र ८ यूनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दुधको प्रति लिटरको कृषक खरिद मूल्य न्युनतम ६५ रुपैयाँ बुधबारदेखि लागु गरिएको दुग्ध विकास संस्थानले जनाएको छ। काठमाडौं, विराटनगर, जनकपुर र हेटौंडा क्षेत्रमा बिहीबारदेखि लागु हुनेगरी प्रतिलिटर ९७ रुपैयाँ कायम भएको पनि संस्थानले जनाएको छ। त्यस्तै, बुटवल क्षेत्रमा ९४ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा ९२ रुपैयाँ मूल्य कायम भएको संस्थानले जनाएको छ।


सम्बन्धित समाचार