Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई निमन्त्रणा पठाएका छन्।
थापाको निमन्त्रणापत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी शनिबार साँझ देउवा निवास चुनदेवी पुगेका थिए। देउवाका स्वकीय सचिव भानु देउवासँग फोनमा सम्पर्क गरेपछि उनीहरू निमन्त्रणा पत्र लिएर निवास पुगेका थिए।
तर, उनीहरूले देउवासँग प्रत्यक्ष भेट गर्न पाएनन्। घरभित्रसम्म पुगे पनि देउवा र उनका स्वकीय सचिवसँग भेट हुन नसकेपछि सुरक्षाकर्मीमार्फत निमन्त्रणा पत्र बुझाएर फर्किएको सहमहामन्त्री चौधरीले बताएका छन्।
निमन्त्रणा पत्रमा महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित भई उद्घाटन गरिदिन आग्रह गरिएको चौधरीले जानकारी दिएका छन्। सभापति थापाले यसअघि पनि देउवालाई महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै आएका थिए।
काठमाडौंको खुलामञ्चमा आइतबारदेखि कांग्रेसको १५औँ महाधिवेशन सुरु हुँदैछ। देउवा महाधिवेशनमा सहभागी हुने वा नहुनेबारे भने अहिलेसम्म टुंगो लागेको छैन।
यसैबीच, गगन थापा नेतृत्वको पक्षले महाधिवेशनको तयारी अघि बढाइरहँदा देउवा पक्षले पनि छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ।
२०८३ आश्विन १८
ताजा नेपाल
२०८३ आश्विन १८
ताजा नेपाल
२०८३ आश्विन १७
ताजा नेपाल