Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवालाई घेर्ने भारतीय राजनीति

काडमाण्डौ । कार्यकर्ताको दबाब कानूनको सिमा र समयमा बाध्यताबाटमा चौधौ महाधिवेशन गर्ने तयारीमा जुट्यो । रहरको सभापति व्यवहारको खुनखुने वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मलाई झस्काउने गरी उपसभापति विमलेन्द्र निधिको हतारको भने निकै चर्चा लायक छ । निधि देउवाकै साथमा उपसभापति भए । जब फोरम लोकतान्त्रिकबाट बिजय गच्छेदार काँग्रेसमा प्रवेश गरे निधिएका एक झस्कीए । गच्छेदार उपसभापति पनि भए । ललित निवास काण्डमा एमालेका केपि ओलीले विष्णु पौडेललाई बचाएका छन् भने प्रधानमन्त्री शेर बहादुर देउवाले विजय गच्छेदारलाई बचाउने लक्षण देखाएका छन् । त्यसो त देउवाले १२ जना नागरिकलाई इटाभट्टीमा जिउँदै जलाएर सांसद बनेको पौरखी नेता अफताव आलामलाई छुटाउने अवसर पनि मिलेको छ । सत्तामा पुगेपछि अपराधी बचाउने कानूनको पालन नगर्ने हिक्मत वाला नेताहरू भएको देशमा भारतीय दलाल बनेर स्वार्थ पूरा गर्ने दर्जनौ छन् । तीनै मध्येका विमलेन्द्र हुन् । तर गच्छेदार भारतीय दलाल होइनन् ।
एमालेमा ईश्वर पोखरेलहरू पछि जोडिए । केपि ओली राष्ट्रघाटी सन्धीले गरेका बाचा कबोल अलपत्र छन् । वर्तमान सरकार र नेतृत्वबाट भारतले मिचेको भूभाग फिर्ता गर्ने आश गर्न सकिदैन । किनकी लोकतन्त्रप्राप्तीसँगै नेपाली राजनीतिले भारु भन्दा डलरमा समाहित गर्याे । विद्यालय भन्दा धेरै चर्च खुलेका छन् । विमलेन्द्रहरू चर्च र गठमन्दी २ का प्रशंसक हुन् । होली वाईनवादी ठेकदारहरूले माधव नेपाललाई घुमाउने र फाईदा लिने गरेकै हुन् । काँग्रेसमा चर्चको मिसन चलाउने कृष्ण सिटौलाहरूको लेगेसी पहिले भारत नै हो । डा. शशाङ्कको लिगेसी केबल वंशपिताको हो । तर डा. शेखरले कोईराला वंश धान्ने आँट गर्छन । उनी पनि भारत निकटका रूपमा चिनिन्छन् । देशभरका काँग्रेस सामु उनी पुगेका छन् । यस पटक काँग्रेसका रामचन्द्र भन्दा विमलेन्द्र भारतको रुचिमा परेका हुन् । मधेसको धर्तिपूत्र पिता महेन्द्र नारायण निधिको निष्ठा त्याग र समर्पण मात्र नभई नेवि संघको सभापति हुदै धनूषामा काँग्रेस बलियो बनाउने जिम्मा उनको थियो । तर गत चुनावमा उनी हो र समग्र काँग्रेसले निधिको हतार र समकक्षी प्रकाशमान सिहंसँगको छलफल टुङ्गोमा नपुग्दै महामन्त्री डा. शशाङ्क कोईराला र पूर्वमहामन्त्री कृष्ण सिटौलासँगको निर्णायक वार्ता नसक्दै निधिले चमत्कार देखाए भनेको छन् । निधिले सत्तामा हुँदा भारतीय स्वार्थका निणर्य गरे । तर सफल भएनन् । चुनावमा एमालेका ओलीबाट राजेन्द्र महत्तो जिताइए । भारतले त्यही देख्यो काँग्रेसमा उनको पकड । प्रधानमन्त्री शेरबहादुरले एक चोटी सभापति बनेर काँग्रेसलाई पूर्ण बहुमतको संसद दिलाउने रहर गर्दा निधि भड्किनु पर्ने थिएन । वातावरण देउवालाई ढाल्ने हो भने बाध्यताले रामचन्द्र थन्कनु पर्छ, कृष्ण सिटौला बस्नुपर्छ, निधि होइनन् । डा. शेखर कोईराला सभापतिका दावेदार हुन् गगन थापा, महामन्त्री विश्व प्रकाश सहमहामन्त्री गरी प्रदेश तहका उपसभापति छनौट गर्न सक्नुपथ्र्याे । तर निधिको हतारोले त्यो देखेन । उनको उम्मेद्वारी कतै पौडेललाई छेक्ने कत्तै डा. शेखरलाई धक्का दिने गरी आयो । त्यसले फाईदा शेरबहादुरलाई नै दिलाउने हो । देउवालाई उम्मेद्वार जति धेरै हुन्छन् त्यही अनुसार फाईदा हुन्छ । सबैलाई थाहा छ पार्टी संस्थापन पक्ष बलियो हुन्छ । त्यो पनि सरकारको नेतृत्व गरेको पार्टी । निधिको यो प्रथम रिहर्सल हो । कोईरालाहरूसँग चिरन्जीवी वाग्ले लडे, शेरबहादुर देउवा तेस्रो पटक मात्र सभापति पदमा विजय भएका हुन भन्ने कुरा निधिले भसक्कै बिर्सेका छन् ।
भोलिको वातावरण बनाउन त सभापतिको प्रतिस्पर्धा गरेर थन्कीनु पर्ने हुन्छ । शेरबहादुर देउवा तेस्रो पटक सभापति भए । काँग्रेस चुनावमा पछारियो । आरोप उनले सहे । रामचन्द्रहरू आफ्नै जिल्लामा पछारिए त्यो पनि किसान श्रेष्ठ जस्तो राजनीति धरातल नभएका तर माओवादीको बलियो आधार भएका ठाँउबाट । त्यही क्षेत्रमा गोविन्दराज जोशी वा शंकर भण्डारी उठाईएका भए चुनाव जित्ने स्थिती थियो । मतदाताले व्यक्तिगत लाभ हेर्छ । रामचन्द्रले मौकामा कतिलाई रोजगारी लगाए ? जोशीले हजारौ शिक्षक बनाए प्रहरी बनाए । पौडेलले जोशी भन्दा फाईदा सत्ताको लिए तर जनता र कार्यकर्ताले के पाए ? विमलेन्द्र निधिको हतार भदौ १८ गतेबाट शुरु हुने वडा अधिवेशनको लहर नै छोप्न हुन सक्छ । जित्ने त त्यस्तै हो । रामचन्द्रहरू रहर गर्छन् थन्कन्छन् ।