Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवालाई बधाईको ओइरो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।


सम्बन्धित समाचार