Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा शेरबहादुर देउवाले एकताका लागि आह्वान गर्न पूर्णबहादुर खड्कालाई निर्देशन दिएका छन्। देउवा निवासमा कार्यवाहक सभापति खड्कासहित उनीहरू पक्षका नेताहरूको छलफलमा एकताका लागि कार्यवाहक सभापतिले आह्वान गर्ने निर्णय भएको सहमहामन्त्री किशोरसिंह राठौरले बताए। विशेष महाधिवेशनले पार्टी फुट्ने देखिएको छ। सभापतिज्यूले कार्यवाहक सभापतिसहित हामीलाई बोलाएर छलफल गर्नुभयो। तत्काल एकताका लागि आह्वान गर्न भन्नु भएको छ। कार्यवाहक सभापतिले आह्वान गर्नुहुन्छ, राठौरले भने। देउवा पक्षको बैठकमा केही नेताले भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्न माग गरेका थिए। तर देउवाले अहिले तत्काल यो निर्णय गर्न अवस्था झन् बिग्रने भन्दै एकताका लागि आह्वान गर्न भनेका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई उक्त समूहसँग छलफल गर्न पनि भनेका छन्। गगन–विश्वले आह्वान गरेको विशेष महाधिवेशनमा देउवा नेतृत्वको कार्यसमिति नै भङ्ग गर्ने र नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव तयार गरिसकेको छ।
भृकुटीमण्डपमा बहुमत प्रतिनिधि सहिभागी भएपछि गगन–विश्वले नयाँ नेतृत्व चयन गर्ने सम्मको बाटो तय गरेका छन्। यता अर्का नेता शेखर कोइरालाले पनि आफू पक्षका नेताहरूसँग छलफल गरेका छन्। उनलाई नेताहरूले पार्टी विभाजन रोक्न आह्वान गरेका छन्। कोइरालाले पार्टी विभाजन हुन नदिने बताउँदै आफूले संवाद अगाडी बढाउने भनेका छन्। यता विशेष महाधिवेशनमा भने साङ्गठनिक प्रस्ताव पेस भएर छलफल अगाडि बढिसकेको छ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल