Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुखैमा पुगेको सत्ताबाट फुत्किएका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने तयारी अघि बढाएका छन्। देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार धुम्बाराहीमा भाडाको घरमा सर्नेगरी तयारी भइरहेको छ। हिजो घर भेटिएको छ। भोलि सर्नेगरी आज तयारी भइरहेको छ, परियारले सञ्चारकर्मीसँग सँग भने, त्यहाँ पनि केही व्यवस्थापनका कामहरु भइरहेको छ। १० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले भाडाको घर खोजिरहेका थिए। मंगलबार दिउँसो धुम्बाराहीमा एक घर भेटिएको र केही समय सोही भाडाको घरमा देउवा बस्नेछन्। बूढानिलकण्ठस्थित देउवाको निजी निवासमा भने भौतिक निर्माणको काम भइरहेको छ। सोही कााम सक्नुअघिसम्मका लागि देउवाले भाडाको घर प्रयोग गरेका हुन्। देउवाले घर छाडिसकेपछि बालुवाटारमा सर्ने तयारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ। प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि त्यो खाली नहुँदा प्रचण्ड खुमलटारमै भेटघाट बाक्लो बनाएर बसेका छन्।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल