Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका सन्दर्भमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । सभापति देउवासँग नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशशरण महत, नेता डा. रामशरण महतलगायत नेता सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, एमाले नेता सुवास नेम्वाङलगायत थिए । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ । खोप खरिद लगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गरेका छन् । अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि देउवाले बुझाएको पत्रमा उल्लेख छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल