Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेपछि असन्तुष्ट समूहमा रहेका नेताहरू सानेपा फर्किएको बताइएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिमा रहेका ५१ जना नेताहरू आज सानेपा पुगेको दाबी गरिएको छ।
पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरूमध्ये केही थापा नेतृत्वको संस्थापन पक्षमा सहभागी भएका छन्। देउवा पक्ष छाडेर थापातिर लाग्ने नेताहरूमा डिना उपाध्याय, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ र गोविन्द भट्टराईलगायत रहेको बताइएको छ।
कांग्रेसले आज केन्द्रीय समितिको समायोजनसम्बन्धी बैठक बस्ने र त्यसपछि महाधिवेशनको तयारीलाई तीव्रता दिने जनाएको छ। भोलिदेखि महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा लाग्ने तयारी पार्टीको छ।
अधिकांश नेताहरू सानेपा फर्किएपछि छुट्टै महाधिवेशनको तयारी गरिरहेको देउवा पक्षमाथि थप दबाब परेको बताइएको छ। यद्यपि देउवा पक्षले आगामी रणनीतिबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
२०८३ आश्विन १
ताजा नेपाल
२०८३ आश्विन १
ताजा नेपाल
२०८३ आश्विन १
ताजा नेपाल