Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको साथ काँग्रेस सभापति शेरबहादुर देउवाले छाड्न नसकेकै कारण अल्पमतमा परेका प्रधानमन्त्रीको कुर्सी नडगमाएको हो । यही बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी नेकपाको गठनका सम्बन्धमा सर्वोच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ। भेटमा अध्यक्ष दाहालले सभापति देउवालाई सरकारको नेतृत्व लिन आग्रह गरेका थिए भने सभापति देउवाले सुनिश्चित नभई आफू अघि नबढ्ने अडान दोहोर्याएका थिए ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल