Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा र पौडेल पक्षबीच विवाद

काठमाडौं । पार्टी भित्र देखिएको विवाद समाधानका लागि बसेको नेपाली कांग्रेस संस्थान र संस्थापन इतरको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ । सोमबार विहान १० बजेदेखि कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक विना कुनै निष्कर्ष टुंगिएको हो । समस्या समाधानको जिम्मा पाएका सभापति देउवा पक्षका नेतासमेत रहेका उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका नेता प्रकाशमान सिंह, दिलेन्द्र बडु र हृदयराम थानीको उपस्थितीमा बैठक भएको थियो । वार्ता कुनै निकासमा नपुगेका कारण आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि अन्योलमा परेको छ ।
रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बैठकमा नआउँदासम्म बैठकमा बस्न नसकिने बताउँदै आएका छन् ।
बैठकमा सहभागी पौडेल पक्षका नेता हृदयराम थानीले वार्ता कुनै निष्कर्षमा नपुगेको र छलफलपछि उहाँहरु९देउवा पक्ष० ले खबर गर्ने बताएको जानकारी दिए । उपसभापति निधिले भने छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । पार्टी भित्रको असन्तुष्टि पार्टीकै बैठकमा बसेर समाधान गर्न आफूले आग्रह गरेको निधिको भनाइ छ ।