Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा समूहले अदालतको ढोका ढकढक्याउने

काठमाडौं । युवाहरुले आन्तरिक विद्रोह गरेर पार्टी कब्जा गरिसक्दा पनि नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह अझै चेत्न अवस्थामा छेन । देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मौदानमा निस्कने भएको छ। पुस २७ देखि ३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार वैधानिक समान्यता दिएपछि राति बसेको देउवा समूहका शीर्ष नेताको बैठकले संघर्षमा उत्रिने निष्कर्ष निकालेको हो। शुक्रबार राति देउवा निवास महारागञ्जमा बसेको नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाण, एनपी साउद, प्रकाशशरण महत, दीपक खड्कालगायत संलग्न बैठकले देशभर आन्दोलनका कार्यक्रम घोषण गरेर जाने निष्कर्ष निकालेको एक नेताले नेपालखबरलाई जानकारी दिए। उनले भने, आज हामीले कानुनी र राजनीतिक संघर्ष गर्ने निष्कर्ष निकालेका छौं। शनिबार केन्द्रीय कार्यसमितिको बैठकले संघर्षका कार्यक्रम घोषण गर्छ। शनिबारदेखि नै सडकमा उत्रिन्छौं। आइतबार अदालत पनि जान्छौं। सभापति देउवाको आदेश यही छ। नेताहरुले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई फोन गरेर आन्दोलनका लागि तयारी गर्न निर्देशन दिइसकेको बुझिएको छ। निर्वाचन आयोगले थापालाई वैधानिकता दिएर आफूहरुलाई अफ्ठ्यारो पार्ने काम गरेको भन्दै आगामी फागुन २१ को निर्वाचन हुन नदिने रणनीति देउवा पक्षले बनाएको छ। अदालतले पनि थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिए मात्र नयाँ पार्टी गठनबारे निर्णय लिने रणनीतिमा रहेका देउवा पक्षका नेताहरु कांग्रेसमा नफर्किने निष्कर्षमा पुगेको ती नेताको भनाइ छ। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिन लागेको संकेत पाएपछि देउवा पक्षीय नेताहरु शुक्रबार विहानै निर्वाचन आयोगको कार्यालय कान्तीपथ पुगेका थिए। तर, निर्वाचन आयोगले शुक्रबार नै निर्णय लिनेमा भने दुविधामा थिए। स्रोतहरूका अनुसार देउवालाई शुक्रबार दिउँसो १ नबझ्दै निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिन लागेको सूचना पुगेको थियो। लगत्तै महाराजगञ्जको आफ्नो अस्थायी निवासबाट देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई फोन लगाए। विहान साढे १० बजे कान्तीपथ पुगेर निर्वाचन आयोगका पदाधिकारीलाई थापा नेतृत्वको कार्यसमितिलाई मान्यता नदिन ध्यानकर्षण गराएर पार्टी कार्यालय सानेपा जाने तयारीमा रहेका खड्काले देउवाको फोन मिस गर्न पुगे। त्यसपछि देउवाले नेता रमेश लेखकलाई फोन गरेर निर्वाचन आयोगको तयारीबारे सोधे। देउवाले थापा नेतृत्वको कार्यसमितिलाई आयोगले मान्यता दिन लागेको सूचना दिएपछि सानेपाको पत्रकार सम्मेलनमा खड्का आक्रोशित सुनिएका थिए। आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिए देशभर आन्दोलन गर्ने चेतावनी त्यहीँ दिएका थिए।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल