Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पछिल्लो साता देशभरी नै तापक्रम घट्दो क्रममा रहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको संख्या भने घटेको छैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार शुक्रबार मात्रै उपचारका लागि भर्ना भएका २८ जनामध्ये १२ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ। ५–७ जना डेंगु संक्रमितलाई भर्ना नै गरेर उपचार गर्नुपरेको छ। आजको तथ्यांकअनुसार वार्डमा १२ डेंगुका बिरामीको उपचार भइरहेको छ, उनले भने । हिजो राति मात्रै आकस्मिक उपचारका लागि आएका ३५ जना बिरामीमध्ये २३ जना डेंगुका मात्रै बिरामी रहेको उनले बताए। बिरामी गम्भीर अवस्थाका नभएपनि केहीमा नाक तथा गिँजाबाट रगत रगत बग्ने समस्याका धेरै छ, उनले थपे, कतिपयलाई प्लेटलेट चढाउनुपर्ने अवस्था छ।
अस्पतालले दसैंको समयमा ओपिडी सेवा बन्द भएकोले आकस्मिकबाट नै ओपिडी सेवा दिएको थियो । जसमा ५ दिनमा २२ सय ४० जनालाई आकस्मिक सेवा दिइएकोमा जसमा २ सय २६ डेंगु संक्रमितलाई अस्पतालले उपचार सेवा दिएको निर्देशक बसौला बताउँछन्। डेंगु बाहेकका बिरामीमा ज्वरो आउने, कुकुरले टोकेका, स्क्रव टाइफस, निमोनिया र सर्पले टोकेका रहेका थिए। अस्पतालमा दैनिक ५ देखि ६ सयको हाराहारीमा बिरामी ओपिडी सेवा लिनका लागि आउने गरेका छन् । सय जनाको डेंगु परीक्षण गरिएकोमा ६० जनाको रिपोर्ट पोजेटिभ आउने गरेको उनी बताउँछन्। सामान्यतया तापक्रम घट्दै जाँदा डेंगु संक्रमण घट्ने भएपनि हालसम्म नघटेको तथ्यांकले देखाएको छ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु संक्रमणको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु संक्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन्। डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ। काठमाडौँमा डेंगु संक्रमणबाट हालसम्म ३ हजार १०३ जना प्रभावित भएका छन् । यस्तै कास्कीमा २ हजार आठ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ । तनहुँमा २ हजार १०७, पर्वतमा १ हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल