Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशलाइ कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन् = केपी ओली

३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् ।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले यस्ते आरोप लगाएका हुन् । केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्, उनले भने, देखिएरै गरेका छन् । आश्चर्य लाग्ने तरिकाले गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले २१ फागुनमा सम्पन्न निर्वाचनका माध्यमबाट नेपाललाई कुबाटोमा धकेल्ने कोसिस गरेको आरोपसमेत लगाए । ‘हामीले देखेका छौं । मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर, अल्मल्याएर, गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस ग¥यो, उनले भने, यो भन्न अप्ठ्यारो मान्न पर्दैन ।

पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक विधि–प्रक्रिया र प्रणालीबाट चल्ने कुराहरूलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ मा षडयन्त्रपूर्ण उपद्रवको आयोजना गरिएको दाबीसमेत गरे । संविधान भनेको देशको मूल कानुन, त्यसअनुसार चल्ने चलाउने लोकतान्त्रिक विधि–प्रक्रिया, प्रणालीबाट चल्ने कुराहरुलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ को षडयन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा, उनले भने ।

अध्यक्ष ओलीले भदौ २३ र २४ को आन्दोलनमा संलग्नहरूका बारेमा खुल्दै गएकोसमेत जिकिर गरे । ‘को–को संलग्न थिए, के–के संलग्न थिए, त्यसबारे खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्,’ उनले भने, अहिले मैले धेरै केही भनिरहनु पर्दैन ।

अध्यक्ष ओलीले संविधान जारी भएपछिका पछिल्ला वर्षहरूमा अनेक चुनौतीहरूको सामना गरेर संविधानको रक्षा र कार्यान्वयन गर्दै गएको पनि बताए ।

अहिले हामी १२ दिवस मनाइरहेका छौं । यसबीचका समयहरू सहज रहेनन् । अप्ठ्याराहरू रहे, उतार चढावहरू रहे । यसबीचमा लोकतन्त्रलाई लोकतन्त्रको हिसाबले सञ्चालन गर्न, रक्षा गर्न र अगाडि बढाउन साना चुनौतीहरूको सामना गर्नुपरेन, उनले भने,  चुनौतीहरूको हामीले सामना गर्‍यौं । निरन्तरका चुनौतीहरुको सामना गर्‍यौं । निरन्तरको आक्रमहणहरुको सामना गर्‍यौंं । र, संविधानको रक्षा र कार्यान्वयन गर्दै गयौं ।