Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देश ठूलो संकटतिर उन्मुख भइरहेको छ = डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताधारी र प्रतिपक्षी दलभित्रको अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीको अस्तव्यस्तताले देश संकटतिर उन्मुख भएको बताएका छन् ।
उनले अर्थतन्त्रको ओरालो यात्रा, प्राकृतिक प्रकोपको भार, युवाहरूको विदेश पलायन र सार्वजनिक क्षेत्रमा चुलिएको निराशाले अस्थीरता बढेको लेखेका छन् ।
भट्टराईले सक्छौं, सकारात्मक योगदान गरौं१ सक्दैनौं, नकारात्मक काम नगरौं । भन्दै सबैलाई गम्भीर हुन आग्रह गरेका छन् ।
१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भैरहेको बताएका छन् ।

देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालयरप्रशासनरप्रहरी लगायतमा अस्तव्यस्तता’ रहेको भनेर उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनी अगाडि लेख्छन्,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ ।

उनका अनुसार अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दै सक्दैन । सबै आ–आफ्नो क्षेत्रबाट गम्भीर बनौं उनी लेख्छन्, सक्छौं, सकारात्मक योगदान गरौं सक्दैनौं, नकारात्मक काम नगरौं ।

 


सम्बन्धित समाचार