Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देश बिर्साउने इम्बोस्ड नम्बर

काठमाडौं । पैसा पाएपछि देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि प्रहार गर्न पछि नपर्ने अपराधीले शासन गर्दा नेपाली जनताले पीडा भोग्छ । नागरिकता जस्तो भरपर्दो र परिपक्व कागजलाई लत्याएर सरकारले गृहमन्त्रालयमार्फत् राष्ट्रिय परिचयपत्र जबर्जस्त लादिए जस्तै नेपाल वर्ण अंकित गाडीको नम्बरलाई इम्बोस्ड नम्बर राख्न जबर्जस्त लगाउने काम भएको छ । यी दुवै काममा सरकारले गरेको अरवौं लगानीबाट कमिशन खाने काँग्रेसी कुलायन डा. आरजु हुन् ।
सरकारले देशको पहिचान मेटाउने गरी सवारी साधनहरूमा जबर्जस्ती इम्बोष्ड नम्बर राख्दा त्यहाँ नेपाली वर्ण अक्षर हुँदैन । जसरी राष्ट्रिय परिचयपत्रबाट व्यक्तिको गोपनियता राख्दैनथ्यो । तर स्वार्थमा ल्याइएका यस्ता प्रोजेक्टबाट मोटाउनेका विरुद्ध खवरदारी गर्न जरुरी थियो । जन सरोकारका विषयमा सरकार चासो दिँदैन । विदेशीको स्वार्थका काममा बढी चासो दिने गरेको वर्तमान सरकारले राम्रो काम गर्दैन भन्नुको कारण यही हो ।
नेपालीले नेपालको पहिचान खोज्छ । शिरकोशोभा ढाकाटोपी र पोशाकमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक मान्नुको कारण देशको चिनारी हो, तर राज्य सञ्चालकहरू जनतालाई गाडी चलाउने अनुमतिपत्र पैसा तिर्दा पनि दिँदैन । सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्रयोग गर्न जबर्जस्ती गर्दैछन् । अदालतलाई समेत सत्ताको आदेश पर्याप्त हुन्छ । प्रशासनले माथिको आदेश भनिदिए हुन्छ । यस्तो आदेश र फैसलाहरूले नेपाली स्वाभिमान गुम्ने कुरामा सचेत हुन जरुरी छ । राजनीतिक तहमा यस्ता अपराध एमाले र काँग्रेसबाट धेरै भएका छन् । देशको गरिमा, राष्ट्रको शिर उठाउने हो भने भाषा आन्दोलनकर्ताले ख्याल गर्नुपर्छ । भाषा संरक्षणको जिम्मा लिएको प्रज्ञा प्रतिष्ठान र भाषा आयोगहरूले सरकारको जबर्जस्ती करणमा खवरदारी गरेको सुनिँदैन । नेपाली भाषा र संस्कृतिमाथि प्रहार गर्ने विदेशी हण्डीबाट चलेका छन् । प्रधानमन्त्रीले तिनैलाई चिन्छन् । आज लोकतन्त्रमाथि सरकारले नै प्रहार गरेको छ । त्यो सरकारमा देशको अस्मिता बेचेर आफू धनी भएका भ्रष्टाचारीहरू छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल