Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आज चैत्र २८ गतेदेखि बैशाख ३ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि १२ लाख ७१ हजार ८ सय ८६ कित्ता आईपीओ निष्काशन गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २७ हजार १ सय ८२ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको जनाएको छ । सामुहिक लगानी कोष योजनाको लागि भने ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरिएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
उक्त कम्पनीले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल