Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोल्ती पावर कम्पनीको सेयर सर्वसाधारणलाई २८ गतेबाट

 

काठमाडौं। दोल्ती पावर कम्पनी लिमिटेडले आम सर्वसाधारणलाई चैत २८ देखि बैशाख ३ गतेसम्म साधारण सेयर बिक्री गर्ने भएको छ।
कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख रुपैयाँको ३० प्रतिशत अर्थात १६ लाख ९ हजार ४५८ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको हो।
यसमध्ये ५ लाख ३६ हजार ४८६ कित्ता आयोजना प्रभावितलाई छुट्याएकोमा एक लाख ४१ हजार ८२० कित्ता बिक्री भएको थियो।
यसबाहेक एक लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई बिक्री गरेको छ। कर्मचारी र सामूहिक लगानी कोष कम्पनीलाई पनि बिक्री गरिसकेको छ। अब आम सर्वसाधारणले १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि दाबी गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।
लगानीकर्ताले १०० रुपैयाँ अंकित दरका सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ।