Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोस्रो पटक पदबहाली गर्दै ओलीले दिए संसद अवरुद्ध गर्ने संकेत

काठमाडौं । दोस्रो पटक नेकपा (एमाले) को अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पद बहाली गर्दै वर्तमान गठबन्धनबाट पार नलाग्ने हुँदा ताजा जनादेश नै विकल्प रहेको बताएका छन् ।
संसद बैठक आह्वान भइसकेको अवस्थामा फेरि पनि संसद अवरुद्ध गर्ने संकेत पनि अध्यक्ष ओलीले गरेका छन् । हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ ? ओलीले भने, हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं । सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ। एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो। ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाए। उनले भने, ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् । सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने ? यस्तो अर्कमन्यता लम्ब्याउनु हुँदैन भनेर हामीले चाँडै आमचुनावमा जानुपर्छ भनेर भनेका छौं । सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए। अदालतको हुर्मत लिने काम भइरहेको छ, उनले भने, गलत फैसला गराएर हुर्मत लिने काम भएको छ। त्यो आफैं उहाहरु भन्नुहुन्छ । समाधानका लागि उहाँहरु गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।