Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धनुषाको धनौजीमा २५ राउन्ड हवाई फायर स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन

धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो ।

स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको छ । सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको रातोपाटीलाई बताए ।

मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल