Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धम्कीकै आवाज कतिदिन चल्ला ?

काठमाडौं । नाच्न जाँदैन आँगन टेढो भने जस्तै भएको छ नेकपा एमाले र त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ०७४ सालको बहुमत टिकाउन नसक्ने पार्टी एकता फुटाउन काँग्रेसी न्यायाधीश कुमार रेग्मीलाई ललिता निवास काण्डबाट उन्मुक्ति दिने यिनै बहादुरलाई अहिले देशको चिन्ता छ । आफू प्रम भएका बेला महंगी, हाहाकार, कालो बजारका नायक मोतीलाल दुगडलाई सल्लाहकार राखेर सुशासन र समृद्धि मात्र होइन सुनको जलहारी र सुन तस्करी काण्ड दबाएका केपीको समृद्धि धरहरामा उकालो लाग्दैछ । अहिले ओलीलाई राष्ट्रवादको चिन्ता छ । चुच्चे नक्साका पुस्तक थन्क्याइएकोमा ग्लानी छैन । बरु राप्रपा र रास्वपा उनका यात्री बनेका छन् । माधव र प्रचण्ड शत्रु । प्रचण्ड नेतृत्वको सरकारका सबैतिर कमजोरी मात्र छन् । भ्रष्टाचार ओलीको कार्यकालमा नीतिगत थिए अहिले त्यही लाइनमा सरकार छ भन्न ओली सक्दैनन् । केपी ओलीको कालमा कम्युनिष्टको बहुमत थियो । सरकारले कम्युनिष्ट नीतिलाई घुसखोरीमा पु¥यायो । अहिले केपीकै कारण वामपन्थी शक्तिले काँग्रेससँग संसदको रक्षा, संविधानको सुरक्षाका लागि गठबन्धन भएको हो । पशुपतिको नाममा किलोका किलो सुन झ्वाम पार्नेहरू र पदक, विभूषण बेच्नेले बेथिति बढाएकै थिए । उनको स्वार्थमा जनता सडकमा आउनु पर्ने भो ।


सम्बन्धित समाचार