Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धरातल नबुझ्दा आएको समस्या !

काठमाण्डौ । सत्ता गठबन्धन जुट्ने फुट्ने निश्चित छैन । प्रमुख प्रतिपक्ष दल गठबन्धन भत्कन्छ म ठूलै हुन्छु अरुलाई भन्नु नभन्नु भन्छु आँफू कुन धरातलमा छु भन्ने पत्तो नपाएर नै फेरि नाङ्गो बन्दैछ । अध्यक्ष केपि ओलीले खाँबो र बलो बोकेर गठबन्धन भत्कन्छ भनेको दिन यता जसपा भित्रका डा.बाबुराम र उपेन्द्रले सल्लाहमै पार्टी फुटाउने भनेका छन् । तर दुवैले असार मसान्तलाई साइत कुरेका छन् । एमालेभित्र अन्तरघाती खोज्ने नेताका रुपमा जो खटेका छन् उनीहरुनै आफ्नै जिल्लामा अन्तरघातीका रुपमा परिचीत अनुहार हुन् । तीनले कस्तो छानबीन गर्लान् ?

एमालेलाई आफू कहाँ छु भन्ने होइन अरु फुट्लान् र मेरो दिन आउछ भन्ने दुष्ट्याइले भत्काएको छ । सरकारमा छँदा जनताको निम्ति सिन्को नभाँचे पनि भयो । केपि ओलीका लागि सान नै थियो । आफ्नो सम्पत्ति आफ्नै ट्रष्टमा राखेर शुद्द हुन खोजेका ती विद्धवानलाई बचाउन राष्ट्रले ०५४ असारदेखि ०७२ फागुनसम्म रु १७ करोड ६६ लाख ६७ हजार खर्च गर्याे । उनी देशमा ४१ महिना प्रधानमन्त्री भए नत किसानले मल विउ समयमा पाए नत मजदूरले श्रमको उचित मूल्य पाए, नत गरिबले राहात पाए नत देशको राष्ट्रिय स्वाभिमान बच्यो ?

संसदले अनुमोदन गरेको चुच्चे नक्सा छापेको पाठ्यपुस्तक समेत छापेर भारत रिसायो भनेर वितरण नगर्ने बहादुरले सत्ता गठबन्धन भत्कने धुप हाल्दा आफ्ना कारण ऐन संशोधन गरेर धर्मशाला भाडामा लगाएर तीर्थयात्रीलाई लोप्पा दिदैँ हिन्दू धर्म बलम्बीहरुलाई प्रभावित पार्न माडीमा धार्मिक थलो बनाउन राम लक्षमण हनुमानको मूर्ती स्थापना गरी कति हिन्दूको स्याबासी पाए होलान् ? म अपराध कर्म गर्दिन अरुलाई गर्न दिन्न भन्न सक्नु त कता कता आफ्नै पार्टी कार्यकर्ता बालिका खड्कामाथि यौन शोषण गर्ने शेरधन राई बचाउने अ‍ोली ब्राण्ड देशका कम्युनिष्टका लागि कति घातक थियो ? ४१ महिने शासनले देखायो ।

नेता समाजसेवी छैन सरकार मालिक बन्छ । कार्यकर्ता सबैका दाश बनेका छन् । मजदूर र किसानको अवस्था उस्तै छ । व्यवस्था बदलियो अवस्था उस्तै छ नेता भ्रष्ट छ चरित्र सुध्रन्छ कसरी ? बदमास शिक्षित वर्ग छ । यो वर्ग ठग पनि छ । चुनावमा भ्रष्टको पैसा जनताको नाममा यहि वर्गले खान्छ ।

त्यही कारण युवाले ठूला सहरमा विकृतिका रुपमा काँग्रेस र एमालेलाई लिएका हुन् । माओवादीलाई विगार्ने यीनै हुन् । जसको एजेण्डामा देश चल्दैछ उसले शासन कमाण्ड गर्न पाएको भए ०७४ मा ९ खर्ब विदेशी ऋण ०७९ को असार १५ सम्म २० खर्ब हुदैनथ्यो । त्यो ऋणलाई १९ मा पुर्याउने १० अर्ब बढाउने एमालेको सम्वृद्दिका नायक हावामा योजना तयार गर्ने हावामै दौडाउने पानी जाहाज प्रेमी उखाने काका हुन् ।

अर्काको घर डडेको देखेर रमाउनेले आफ्नो घरलाई मिलाउन सक्नु पर्छ । एमालेभित्र १० भाईको हालत ५ भाईको हैसियत भित्र संस्थापन नवप्रवेशीको स्थान बराबरी छैन । जहाँ बामदेव अटेनन् माधव, झलनाथको सत्तो सराप गरिन्छ । अर्काको नाउलिदा मुख कुल्ला गर्ने अराजकले आफ्नो नाँउ लिदा बान्ता गर्नेलाई के भन्छन् ।

जो नेकपा एमाले बनाउन ओलीको भन्दा बढि समय भूमिगत कालम खर्चेको छ । ओली आफू पनि व्यक्ति हत्या गरेर नै जेल बसेका नेता भएकाले लोकतान्त्रिक व्यवस्थाबाट २३४ वर्षको राजतन्त्र फाल्ने आँट गरेको शक्तिलाई छिछी र दुर दुर गर्दा आफ्नै राजनीतिक धरातलमाथि प्रश्न उठ्ला भन्ने सम्झनु पर्दैन ? अर्कालाई प्याच्च भन्दा त्यो प्याच्च आफूप्रति पनि आउला भन्ने सोच्ने कि अरु माथि बाच्छ र बालुवाको मुलाभनि रहने ?

मौका पाएर काम गर्न नसक्ने अन्र्तराष्ट्रिय सम्बन्ध बिगार्ने, छिमेकीसँग तठस्थ बन्न नसक्ने, शिक्षा, स्वास्थ्य बेरोजगारी समस्या हल गर्ने योजना बिहिन पार्टी भनेको एमाले हो । जसका कार्यकर्ता नेता महंगो शिक्षा महंगो स्वास्थ्य प्रणालीमा रमाएका छन् । अस्पताल र शिक्षण संस्थाहरु एमाले पक्षका धेरै छन् । जसले विदेशी संस्थाहरु एमाले पक्षका धेरै छन् । जसले विदेशी डलरमा एमाले नेताका अपराधलाई कानून सम्बत ठान्छ ।

त्यही प्रकृतिको अपराधसँग जोडिएका माओवादीका कार्यकर्ता माथि मानव अघिकार उल्घनकर्ताको आरोप लगाउछ । त्यसकारण अरुको कुुरा काट्नेले आँफू बसेको धरातलको ख्याल गर्नुपर्छ । सत्ता गठबन्धन भत्कनु र रहनुको चिन्ता एमालेले किन लिने ? उसले स्थानीय तहको चुनावमा भिरेका गलगाँडाहरुको बारेमा बोल्नु पर्देन ? जसले स्थानीय चुनावमा सत्तापक्षलाई किलो र पाउ भन्यो आफू कूइण्टल साँढे बताउदा शेषी झर्याे ।