Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धरातल नहेरी मात्न थाले काँग्रेस नेता

काठमाडौं । २३ जना प्रत्यक्ष चुनाव जितेर १६५ जना प्रत्यक्ष निर्वाचित सांसदको भिडमा ३३ प्रतिशत जनताको मत पाएको गर्व गर्ने काँग्रेसको असफल नेतृत्वलाई कम्युनिष्ट मातेर पाएको पद अहिले भदौरे आँटो जस्तो भएको छ । संसदनै नभएका धनराज गुरुङ, डा. शेखर कोइराला, पदीय मर्यादा त्यागेर विद्यार्थी चरित्रका गगन थापालाई उचाल्दै सत्ता गठबन्धन भत्काएर फेरि पनि प्रतिशतमा ३३ संख्याका आधारमा ६५ जना सांसदको चुरीफुरि काँग्रेसमार्फत् देखाउँदैछ । काँग्रेस विवादमा नमुछिएका र नफसेका नेता छैनन् । युवा भनिएका बोलक्कडहरू आफू विदेश जाँदा सँगै लगेका युवा उतै छाडेर आउने गल्ला स्वाभावका छन् । यो मामिलामा प्रदीप पौडेलहरू कति छन् ? प्रहरीलाई पार्टीको भगिनी संगठन बनाउने र अपराधी छुटाएर पैसा खाने दलाल काँग्रेस त्यही छन् । सरकारमा पुग्दा जनताको दैनिकीभन्दा दलाल र विचौलियाको सेवक बनेर कमाउने डा. रामशरण महत अर्थमन्त्री बन्दाको परिणामबाट पार्टीले कति जस लियो ? भ्रष्टाचारीको संरक्षण मात्रै होइन सेवक बनेको त्यो काँग्र्रेसमा दरबारीयाको मत लिएर ०७४ सालको चुनाव जितेका गगन थापा र आफ्ना प्रतिद्वन्द्वीलाई चिन्दीन भनेर मात्ने कोइराला वंशका तेस्रो अंशियार डा. शेखर कोइरालाले अब गठबन्धन काँग्रेसलाई जरुरी छैन भन्दैछन् । काँग्रेस एक्लैले कुनै आन्दोलन सफल बनाएको छैन । प्रजातन्त्र स्थापनापछि सरकार र पार्टीमा एकलौटी गरेर विपक्षीमाथि दमन गर्ने आफू बाहेक पार्टीका समकक्षी र वरिष्ठ नेताहरूको अपमान गर्ने स्व. गिरिजाप्रसाद कोइराला र उनको मण्डलीकै दमनले जनयुद्ध निम्त्याएको हो । कोइराला वंशका अधिकांशले राज्य स्रोतको दोहन गरे । पञ्चायतविरुद्ध आन्दोलनमा जर्मनमा रहेकी सुजाता जोष्ट बहुदलको फल टिप्न आइन् । झोला लिएर आएकी सुजाताले सार्वजनिक जमिन हडपेर अहिले अर्बपति बनेकी छिन् । गिरिाजाको पेलाइले बरु सर्वोच्च नेता गणेशमान सिंह, संस्थापक सदस्य कृष्णप्रसाद भट्टराईले पार्टी छाडे । अहिले त्यही काँग्रेस कम्युनिष्ट भाँडिँदा पाएको राजकाजलाई पेवा ठान्दैछ, गठबन्धन जरुरी छैन भन्दैछ । कोइराला वंशले काँग्रेसमा जस्तो दमन ग¥यो कम्युनिष्टमा त्यस्तो दमन खड्गप्रसाद ओलीले गरेका छन् । ओलीकै कारण भाइ काँग्रेसको चरित्रको एमाले ०५४ सालमा पनि फुट्यो । वामपन्थी लहर छिन्नभिन्न बनायो । ०७८ मा पनि पार्टी फुटाएका ओली नै हुन् दुई तिहाई एक्लै ल्याउने धक्कु उनै लगाउँदैछन् । र, चुनावी गठबन्धनका दोस्ती खोज्दैछन् । संसदमा नेकपाको नाममा प्राप्त दुई तिहाईमाथि दोहन गरेर दलाल विचौलिया, माफिया र राजश्वमाराहरूको सेवक बनेको एमाले ओलीपथको कमाण्ड र काँग्रेसका गगन र शेखरको घमण्डको नापतौल जनताले गर्छन् । अहिले सरकारले माफिया र दलालको हित बाहेक जनताको सेवा कति ग¥यो ? गरिबी घटाउने सरकारका कस्ता योजना छन् ? वर्तमान सत्ता बनेपछि महंगी कति नियन्त्रण भयो ? बेथिति कति घट्यो, शिक्षा क्षेत्र कति सुध्रियो, वैदेशिक रोजगारी कति सरल भयो ? काँग्रेसका बोलक्कड नेता गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीको हैसियलते के योजना बनाएका छन् ? शेरबहादुर देउवालाई प्रम बन्न कम्युनिष्टको साथ चाहिन्थ्यो । ज्योतिषको विश्लेषणले भाग्य चम्काएका शेरबहादुरले राष्ट्र हितका लागि काँग्रेसबाट कुन योगदान गराए ? र गगन, शेखरको गठबन्धन विरोधी मतले ठाउँ पाउँछ ।
काँग्रेस र कम्युनिष्टलाई जनताले मत मात्र दिनु पर्ने काँग्रेसले सधैं तस्कर र माफियाको सेवक बन्नुपर्ने ? बीपीको समाजवादमा जयनेपाल मात्र पर्छ कि जनतामाथि राज्यले थोपरेको कर प्रणाली पनि पर्छ ? व्यवसायिक कृषिका नाममा सांसदको पद दुरूपयोग गरेर वास्तविक किसानको आहारा खोस्ने गगनहरूले केपी ओलीको एकलौटी शासनकै नीतिगत चिरफार गर्न सकेका थिएनन् । स्वास्थ्य र शिक्षालाई व्यापारमा लगेर कमाउनेहरूबाट देशको समृद्धि र विकास सम्भव छैन । चुनावमा काँग्रेस एक्लै भिड्छ, गठबन्धन गर्दैन भने माओवादी र समाजवादी एकै मोर्चामा हुने निश्चित छ । उपेन्द्र यादवको जनता समाजवादी पार्टीको हाउगुजी प्रदेश २ र तराईका २२ जिल्लामा हो । पहाडी र हिमाली क्षेत्र जहाँ काँग्रेस छ त्यहाँ माओवादी छ, त्यहँ एमाले छ, त्यहाँ नेकपा एकिकृत समाजवादी छ । घमण्डले कसैको हित गर्दैन । काँग्रेसका नेताहरूलाई सत्तामात लागेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौला गठबन्धनकै पक्षमा छन् । जनताले नपत्याएका डा. शेखर कोइराला र धनराज गुरुङ नै काँग्रेसका निर्णायक हुन् ? जसले पार्टीको निर्णय एक्लै गरेका छन् । काँग्रेसले गाउँ शहरमा अभियान थालेको छ । जनताले हिजो ओली सरकारले चलाएको सत्ता आतंक हटाउन काँग्रेसले के के ग¥यो भनेर सोध्यो भने गगन र विश्वप्रकाशले के जवाफ दिन्छन् ? दलाल, विचौलिया, माफियाकरण घटेको छैन । पार्टीको आधिकारिक धारणा के हो ? प्रवक्ता डा. प्रकाशशरण महत, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्माको पत्रकार सम्मेलनले समेत बताएको छैन । जनतालाई काँग्रेसले के दिएको छ, यो अवधिमा र जनताले काँग्रेसलाई साथ सहयोग गर्नुपर्छ भनेर नेता डुक्रिएका ? यिनले त्यस्तो गरेका छन् र कम्युनिष्ट पार्टीका कार्यकर्ताले गठबन्धन बन्यो भनेर मतदान गर्ने । गठबन्धन बिनाको चुनावमा न त काँग्रेस ठूलो हुन्छ नत पून सरकारमा जान पाउँछ ?