Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धर्मको पुच्छर समातेर काँग्रेसकाे बैतरणी यात्रा

काठमाडौं । कृश्चियनको पैसा खाएर धर्म निरपेक्षतामा देशलाई लैजाने निर्णयमा सहमत नेपाली काँग्रेसले १४औं महाधिवेशनमा नास्तिकको बाटोमा नजाने धार्मिक स्वतन्त्रताको एजेन्डा लैजाने भएको छ । बीपी पुत्र डा. शशांक कोइराल धर्म निरपेक्षताको विरुद्ध खटेका छन् । १४औं महाधिवेशनको पूर्व तयारी अनुसार पार्टीका क्रियाशील सदस्यता वितरण प्रक्रियामा गुटको खेती गर्दा गर्दै रामचन्द्र र शेरबहादुरबीचको लडाइँ चर्किँदैछ । प्रमुख प्रतिपक्षको नाताले भ्रष्टाचारमा डुबेको कम्युनिष्ट सरकारविरुद्ध सडकमा उत्रन नसकेको काँग्रेसले गुम्दै गएको शाख फिर्ता गर्न धर्म निरपेक्षताको विरोध गर्न थालेको हो ।

काँग्रेसमा सभापति पदका लागि एक दर्जन अनुहार देखिएका छन् । तर उनीहरुलाई सात सदस्यीय पदाधिकारीमा चुनिन यो खेल खेलिएको हुनसक्छ । यो देशको प्रजातन्त्रवादी शक्तिले भ्रष्टाचार दलाली, विचौलियाको विरुद्ध अडान लिन सकेको छैन । दोस्रो पुस्ताका युवा नेताहरुको चरित्र भ्रष्ट छ । भन्ने प्रमाण शंकर भण्डारीहरु हुन् । त्यहाँ धनराज गुरुङको विगत तीतो छ ।

मन्त्री भएर शुद्ध देखिएका नविन्द्रराज जोशी, संसदीय चुनावमा पराजित चन्द्र भण्डारी विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको खाई खेती कस्तो छ, काँग्रेसमा खोतल्नु पर्दैन । पार्टीको महाधिवेशनमा युवाहरुको जनमत बढेन । निश्चित छ । कँग्रेसको सुधार युवा पंक्तिले गर्ने हो ।