Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपामार्फत् प्रधानमन्त्री केपी ओलीलाई अग्रभागमा उभ्याएर एमसीसी मार्फत् चीन रोक्ने नीति असफल भएपछि इन्डो/पश्चिमी रणनीति बदलिएको छ । मदन भण्डारीको हत्या गरेर अर्थात् त्यसपछि उदयभएको पूर्व नेकपा एमालेभित्रको ओली, माधव गिरोहले अमेरिकी स्वार्थरक्षा गर्न नसक्ने भएकाले भारतीय खुफिया एजेन्सी रअ र इसाई गुरुआमा थलिनरका चेला बाबुराम भट्टराई भूमिकाविहीन भइसकेका छन् । यता दरबारर हत्याकाण्ड मार्फत् चीन रोक्ने भूमिका निभाएको तथाकथित नेपाली सेना केन्द्रबिहीन बनिरहेको छ । केन्द्र बिहीन र एजेन्डा बिहिन बन्नुको संकेत ढिलो चाँडो विघटनको यात्रा नै हो । त्यसकारण जसरी कोतपर्व मार्फत् पश्चिमाहरूले कब्जा गरेको राजतन्त्रको विघटनपछि राष्ट्रिय राजनीतिको केन्द्रमा उदय भएको माओवादी विघटन भयो । अब पश्चिमी स्वार्थ रअमा उभिएको नेपाली काँग्रेस च्याङकाइसेककरण सहित विघटनको संघारमा रहेको छ । अब पालो तथाकथित सेनाको रहेको छ ।
यो अवस्थामा इन्डो पश्चिमी एजेन्डा र स्वार्थ रक्षामा नेपाली काँग्रेस पर्दाभित्र कथित नेपाली सेना र देशी विदेशी शक्तिकेन्द्रहरू धर्मको एजेन्डामा खेल्ने प्रयत्न गर्दैछन् । यसमा विमति छैन । कथित धर्म निरपेक्षता इसाईहरूको पैसामा बिकेर भित्र्याइएको एजेन्डा थियो । तर अहिले धर्मको आवरणमा खेल्न प्रयत्न गरिरहेको काँग्रेस र सेना होस् या हिन्दू धर्मको खोल ओढेर हिन्दूधर्म संस्कृति समाप्त पार्न भूमिका निभाउने पूर्व पञ्च र मण्डलेहरू धर्मप्रतिको आस्था, विश्वास र त्यसका मुल्य मान्यता, राष्ट्रियहितप्रति विश्वास भएर होइन धर्मको व्यानरमा भारत र अमेरिकी रणनीतिक स्वार्थको रक्षा गर्दै चीन रोक्न र नेपाललाई पश्चिमी साम्राज्यवादको खेल मैदान बनाउने उद्देश्य र अभिप्राय केन्द्रीत रहेको छ ।
के हो धर्ममा जनमत संग्रह ?
वाह्य रुपमा जनमत संग्रह प्रजातान्त्रिक जस्तो देखिए पनि यसको उद्देश्य दीर्घकालिन रुपमा नेपाल विघटन गर्ने हो । सिआइए कुनै पनि एजेन्डामा दिर्घकालीन योजना साथ प्रवेश गरेको हुन्छ । जस्तो २०१७ सालपछि भारतको दरभंगामा भएको नेकपाको सम्मेलनमा सिआइए एजेन्ट ऋषिकेष साहले मोहनविक्रम मार्फत् संविधानसभा र पुष्पलालमार्फत् संसद पुनस्र्थापनाको एजेन्डा प्रवेश गराएका थिए । त्यो संविधानसभा स्वयं ऋषिकेस साहका चेला बाबुराम भट्टराईमार्फत् माओवादीले पुष्पलालको संसद पुनस्र्थापनामा सर्वोच्च विश्वनाथ उपाध्यायको सल्लाहमा २०६१ सालपछि गिरिजाप्रसाद कोइरालामार्फत् अगाडि सारियो र राजतन्त्रको विघटन गराइयो । राजतन्त्रको विघटनपछि आफ्नो कब्जा ठानेका भारत र अमेरिकीहरू चीनको उपस्थिति र नेकपा मार्फत् बिआरआई चीनसँग व्यापार, पारवहन सम्झौता भएपछि तिलमिलाएका छन् ।
यसको विकल्पको खोजीमा पश्चिमी मिशन लागि रहेको छ । ०४७ को संविधानमा राजतन्त्र र धर्मको विषयमा सिआइए रणनीति जनमतसंग्रह घुसाउने तत्कालिन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको योजना डा. केशरजंग रायमाझीले असफल पारिदिएका थिए । यही एजेन्डा २०६३ पछि तत्कालिन प्रधानसेनापति रुकमाङगद कटवालले हिन्दू राष्ट्र, राजा र संघीयताको जनमत संग्रह भनेर संविधानसभामा पेश गरे । त्यसपछि यही एजेन्डा राप्रपा नेपालका कमल थापा मार्फत् अगाडि सारियो, त्यसपछि यो एजेन्डा मधेशमा जनमत संग्रहभन्दै सिके राउतको नाममा अगाडि ल्याइयो । अहिले नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालामार्फत् अगाडि सारिएको छ । यही जेन्डा २०७४ सालको दशैंमा शुभकामना सन्देश दिँदै डा. फणिराज पाठक, पूर्व राजाको संवाद सचिवमार्फत् पूर्व राजाले पनि जनमतसंग्रह भने । यो अहिले जनमतसंग्रहको एजेन्डा चर्काएर नेपाललाई आजिवन गृहयुद्धमा धकेलेर अफगानिस्तान जस्तै अमेरिकी सैन्य अखडा बनाउने षड्यन्त्र हो । अहिले धर्ममा जनमत संग्रह भन्नेहरू पश्चिमी अमेरिकी इसाई साम्राज्यवादका मतियार हुन् । यो कुरादेखि देशभक्तहरू सचेत हुुन पर्दछ ।
यतिबेला धर्मको व्यानरभित्र देशी विदेशी एजेन्सीसँग जोडिएका पश्चिमी मिसनका दलालहरू खेल्न खोजिरहेका छन् । विद्युतीय सञ्चार संस्थामा कान्तिपुरको फायरसाइड र एपी वानको तमसोमा ज्योतिर्गमय र योहो टेलिजिभन जीवराम भण्डारीहरू लगायत नेपालका बहुराष्ट्रिय कम्पनीमा चलेका सञ्चारगृह र त्यहाँ पालितपोषित गिरोहले पश्चिमी मिसनअन्तर्गत नेपाललाई गृहयुद्धमा कसरी धकेल्न सकिन्छ ? यस प्रकारका एजेन्डा बोक्ने पात्रहरूलाई अगाडि सारेर जनतामा भ्रम दिने प्रयत्न निरन्तर जारी राखिरहेका छन् । यसको भण्डाफोर गर्नुपर्दछ ।
एजेन्डामा प्रवेश गर
हो संविधान पश्चिमी एजेन्डामा बनेको छ । यसको भण्डाफोर गर्नु पर्दछ । ७ प्रदेशलाई खारेज गरेर एकात्मक राज्यअन्तर्गत जलाधारका आधारमा ३ प्रदेश कोशी, गण्डकी र कर्णाली राख । आवाश्यक छैन भने संघीयता खारेज गर । धर्मको विषयमा धर्मनिरपेक्षता शब्द हटाइदेऊ । यसले ९४ प्रतिशत ऊँकार परिवारको आस्थाको सम्मान गर्दछ । पुरानो राजतन्त्रलाई जसरी जनवादी गणतन्त्र चीनको सहयोगमा कम्बोडिया र लाओसमा सेटल गरिएको थियो त्यसरी नै गर्दा अफगानिस्तानमा जस्तो पश्चिमाहरू खेल्न पाउने छैनन् । पूर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहले अमेरिकी योजनाको बेबिकिङ, सेना र तत्कालिन प्रधानसेनापति रुकमाङगद कटवाल र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामार्फत् अघि सारेको सिआइए एजेन्डा अश्विकार गरेको र रअको योजनामा बाबुराम भट्टराईले अघि सारेको साँस्कृतिक राजा अश्विकार गरेको कुरालाई सम्मान गर्नुपर्दछ । राजनीति एजेन्डाले तय गर्दछ साथै राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । धर्मको आवरणमा अधर्मी, नास्तिक र पाखण्डीहरू इन्डो पश्चिमा हितरक्षार्थ खेल्न खोजेको षड्यन्त्रलाई परास्त गर्नै पर्दछ । किनभने यो राष्ट्रको रक्षाको प्रश्नसँग जोडिएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल