Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । अग्र मोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम कोरोना संक्रमित भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार एसपी रेग्मीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । साउन २५ गते एसपीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । परीक्षणपछि मंगलबार आएको रिपोर्टमा एसपी रेग्मीलाई कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ ।
एसपी रेग्मीलाई कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गर्ने र अन्य प्रहरीहरुको पनि स्वाब लिएर परीक्षणको लागि पठाउने तयारी भइरहेको छ । यसअघि स्याङ्जाका प्रहरी प्रमुख एसपी विमलराज कँडेललाई कोरोना भाइरस संक्रमण भएको थियो । तर, एसपी कँडेल निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल