Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धानमा बाला नलागेपछि माइतीघरमा किसानको प्रदर्शन विज्ञ भन्छन् : किसानकै गल्ती

धान नफलेको बारे अनुसन्धान गरिरहेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको प्रारम्भिक अनुसन्धानमा किसानले गलत धानको बिउ रोजेको पाइएको छ । धेरै फल्ने लोभमा सरकारले सिफारिस नै नगरेको धान किसानले लगाएको पाइएको नार्ककका धानविज्ञ डा सुशिल सुवेदीले बताए ।
समुन्द्री सतहबाट ७ सय मिटरसम्म मात्रै उपयुक्त भनी सिफारिस गरिएको डीवाई २८ चाइनिज धान उपत्यकामा लगाइएको भेटिएको सुवेदीको भनाइ छ । ‘भक्तपुरको तेलकोट भन्दा माथी हामीले स्थलगत अध्ययन गरेका थियौं, ठूलो क्षेत्रफलको धानको बालामा भुस मात्रै छ । एउटा बालामा ३ देखि ४ वटा मात्रै धानका गेडा पाईयो,’ धानविज्ञ डा। सुवेदीले भने ।
अघिल्लो वर्ष यही धान धेरै फलेको भन्दै किसान किसान बीचको गलत सञ्चारले उक्त धान धेरै किसानले लगाएको पाइएको उनले बताए । ‘कुनै वर्ष फल्यो भन्दैमा सधैं फल्छ भन्ने वैज्ञानिक ग्यारेन्टी नहुने भएकाले नै सिफारिस नै नगरिएको बिउ लगाउनु हुन्न तर यहाँ किसानले सोही धान लगाएको पाइयो,’ डा सुवेदीले भने । यसबाहेक धानलाई असर पुर्‍याउने अरु कुनै कारण भए पत्ता लगाउन धानको डीएनए अनुसन्धान गर्न गर्न राष्ट्रिय कृषि अनुसन्धान परिषद् र बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले तयारी थालेको सुवेदीले जानकारी दिए ।


सम्बन्धित समाचार