Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धुजा.. धुजा हुदै विप्लव समूह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा नेताहरुबीच टकराव बढ्दै गएको पाइएको छ । पार्टीले लिएको विचारलाई लिएर उनीहरुबीच टकराव बढ्दै गएको हो । प्रतिबन्ध फुकुवापछि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका पछिल्ला गतिविधि सुस्त देखिएका छन् ।

तर राजनीतिक कार्यदिशा र विभिन्न पार्टीसँग एकता र कार्यगत एकताका विषयमा भने नेताहरुबीच मतान्तर देखिन्छ । एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा लिएर अघि बढेको विप्लव समूहले पछिल्लो समय केही विषयमा जनमत संग्रह गर्नुपर्ने माग समेत गर्दै आएको छ ।

शान्तिपूर्ण राजनीतिमा आइसकेको अवस्थामा निर्वाचनमा भाग लिने वा नलिने भन्नेमा पनि पार्टीका नेताहरुबीच मत नमिलेको नेताहरु बताउँछन् ।

सो पार्टीका शाीर्ष नेताहरु विप्लव, खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’बीच आगामी दिनमा कुन पार्टीसँग एकता वा कार्यगत एकता गर्ने भन्नेमा विवाद बढ्दै गएको एक नेताले बताए ।

पार्टी महासचिव समेत रहेका विप्लव पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिल्नुपर्ने लाइनमा देखिएको एक नेताले बताए । विप्लवका पछिल्ला अभिव्यक्तिमा समेत माओवादी केन्द्रसँग मिल्न सकिने लाइनको संकेत पाउन सकिन्छ ।

विप्लव समूहकै एक नेता भन्छन्,“विप्लव प्रचण्डसँग मिल्न चाहेको देखिन्छ । प्रकाण्डले केपी ओली र धर्मेन्द्र बास्तोला मोहन वैद्यसँगै मिल्नुपर्ने लाइनमा देखिनुहुन्छ । सानो पार्टीमा नेताहरुका फरक–फरक मतले संकट आउने देखिन्छ ।”

प्रचण्डले समेत विप्लवलाई माओवादी केन्द्रमा फर्काउने पहल गरिरहेको ती नेताको दाबी छ ।

यसका लागि महराले संवाद सुरु गरेका थिए । तर अहिलेकै एकता सम्भव नभएको र निर्वाचनसम्म कार्यगत एकता गर्न सकिनेमा विप्लव सकारात्मक रहेको ती नेताको भनाइ छ ।

त्यसो त पार्टी प्रतिबन्धमै रहेको बेला पनि विप्लव र प्रकाण्डबीच मतभेद भएका खबर सार्वजनिक भएका थिए । प्रकाण्ड पक्राउ परेपछि बाबुराम भट्टराईले उनलाई रिहा गर्न पहल गरेको भन्दै नेता–कार्यकर्ताहरु रुष्ट बनेका थिए ।

सोही समयमा प्रकाण्ड एमाले प्रवेशको चर्चा समेत चलेको थियो । सरकारसँगको वार्तापछि शान्तिपूर्ण राजनीतिमा सक्रिय रहेको विप्लव नेतृत्वको पार्टीका नेता–कार्यकर्तासमेत नेतृत्वसँग रुष्ट रहेको बताइएको छ ।

नेताहरुले आफ्नो व्यवस्थापन गरेको तर कार्यकर्ताको बिचल्ली पारेको भन्दै पूर्णकालीन कार्यकर्ताहरु रुष्ट बनेको बताइन्छ ।

बm अझभलतविप्लव पछिल्लो समय कपिलवस्तु बस्दै आएका छन् भने काठमाडौंको बुद्धनगरमा पनि सो पार्टीले आफ्नो सम्पर्क कार्यालय राखेको छ । प्रतिबन्धका बेला पार्टीका नेताहरुले उठाएको चन्दाका विषयमा पनि पार्टीका नेताहरुबीच विवाद रहेको पाइएको छ


सम्बन्धित समाचार