Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धेरै चुरीफुरी गरे ठेगान लगाइदिने पूर्व राजालाई प्रचण्डको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को संज्ञा दिएका छन्। शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधनका क्रममा पूर्वराजसंस्थाप्रति आक्रोश ओकलेका उनले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् । ‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ? सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ’, उनले भने । राजावादीहरू सल्बलाएको सन्दर्भमा उनले अहिलेको परिस्थिति खतरनाक भइसक्यो भन्ने नरहेको बताए । तर दुस्साहस भने भइरहेको उनले स्वीकारेका छन् । उक्त दुस्साहसलाई माओवादीले ‘इँटाको जवाफ पत्थरले दिने’ चेतवानी उनले दिए । प्रचण्डले देशको ठूला–ठूला मूर्ति चोर र वंश नास गर्ने ‘भाइमारा’ नेपाली जनताले बिर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्र शाहलाई सुझाव दिए । ‘यो जुन नौटङ्की देखाइँदै छ । राजा, महाराजाबारे । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्‍याए ? नेपाली जनताले बिर्सिएका छैनन्, मुर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मुर्ति चोरहरू अहिले राजा बन्न खोज्दैछन् । भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिए भन्ने ठानेको ?’, दाहालले प्रश्न गरे । आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्यकाण्डबारे छानबिन हुनुपर्छ भनेको पनि उनले स्मरण गराए । तर, आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको प्रचण्डले उल्लेख गरे । ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन गर्नुपर्छ भनेको थिएँ’, उनले भने, ‘मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल