Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली कम्युनिष्टहरू फुजीमोरी यात्रामा

  • अर्जुन ज्ञवाली

कृषिमन्त्री गए हुने क्रार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहाल भ्याटिकनका पोपको मन्त्रणा पाइन्छ कि भनेर इटालीको रोम पुगे । माधवकुमार नेपाल दक्षिण कोरियाको युनिफिकेशन चर्चको मन्त्रणा पाइन्छ कि भनेर फिलिपिन्स पुगे । एमाले अध्यक्ष केपी ओली युनिफिकेशन चर्चकै क्रार्यक्रममा कम्बोडिया पुगे । यी कम्युनिस्ट आवरणमा देखिएका चर्चका गुलामहरू आफ्नो जिवनरक्षाका लागि मालिकको अगाडि भिख माग्न गएका छन् । हेक्का रहोस् बेश्याको ब्यापार जवानीमा मात्रै हो, उमेर ढल्किएपछि पानी तताएर दिने मान्छे पनि हुँदैन । पेरुमा तत्कालीन रास्ट्रपति अल्बर्टो फुजिमोरीलाई सिआइएले पहिला गोन्जालो सहित देशभक्तहरू समाप्त गर्न प्रयोग ग¥यो, प्रयोग सकिएपछि मानवअधिकार हनन्मा जेल कोचिदियो । यिनिहरूको हालत फुजिमोरिको भन्दा दर्दनाक हुँदैछ । किनकि यी राजनीतिक बेश्याहरूको प्रयोग उनका मालिकहरूका लागि सकिएको छ । रुस÷युक्रेन युद्धको अन्त्यपछि चीन÷रुस ध्रुवीकरणबाट नेपालमा अमेरिकीहरूले हातधुनु पर्ने अवस्था आउने निस्कर्स सहितको राजनीतिक परिवर्तनले अहिलेका राजनीति दल र नेताहरू फुजिमोरिकै बाटोमा जाने निश्चित छ । असली देशभक्तहरूलाई अझै संकट सिर्जना गराइने छ । नक्कलि राष्ट्रबादको हल्ला मच्चाइने छ । दक्षिण एशियामा चीन÷रुस ध्रुवीकरण बलियो नबन्दासम्म बिचारको रक्षानै नेपाली देशभक्तहरूका लागि अहिले महत्वपूर्ण बनेको छ । चिनको आवरणमा रहेका नेपाली एजेन्टहरू जो वास्तविक सिआइए जासुस थिए उनीहरू भारतीय रेलको बिरोध गरेजस्तो गरेर बिआरआइ विरुद्ध र विरेन्द्रहत्याकाण्डसँग जोडिएको सैन्यकेन्द्रको भाषा बोल्न थालिसकेका छन् । सायद अबको सता परिवर्तनपछि असली देशभक्तहरूका लागि सामाजिक सञ्जाल, मोबाइल, टेलिफोन कुराकानी पनि सुरक्षाको दृष्टिकोणबाट खतरापूर्ण हुनेछ । त्यो समय हामी र हाम्रो बिचारसँग सहमत साथिहरू मौन रहदै उपयुक्त हुनेछ । हाम्रो लागि अहिले भन्दा खराब दिन आउँदैछन ।

कम्युनिष्ट नै नरहेका कम्युनिष्ट पार्टी
नेपालमा कम्युनिष्टनै छैनन् यी त नक्कली कम्युनिष्ट हुन् इन्डो÷पश्चिमा गिरोह हुन् । यस्तै पुष्पलाल नाम गरेका ब्यक्ति कम्युनिस्ट पार्टीको सस्थापक होईनन् नत सस्थापक भनेर नाम लिने गरेका अन्य ३ जना हुन् । बि.स. २००३ सालमै कम्युनिष्ट पार्टीको तर्फबाट बिराटनगर मजदुर आन्दोलनको नेतृत्व मनमोहन अधिकारीले गर्नुभएको छ । यसकारण कम्युनिष्ट पार्टीको संस्थापक मनमोहन अधिकारीलाई मान्नुपर्ने हुन्छ । डिल्लीरमण रेग्मीको पार्टीमा कार्यालयमा कार्यालय सचीव नाम दिएर पियनको कामगर्ने पुष्पलाललाई आफ्नै भाइको साथि भनेर डा.केशरजंग रायमाझीले माक्र्सवाद अध्यन मण्डलमा लगे । अन्ततः रायमाझीलाई धोकादिँदै ३ जना तत्कालीन राणा सरकारका जासुसहरू सामेल गरेर कम्युनिष्ट पार्टीको पर्चा फाले यसैलाई नक्कली कम्युनिष्टहरूले सस्थापक भन्न थाले । डा. केशरजंग रायमाझी माओलाइ भेट्न् चिन जादा आफ्नो टोलिमा समावेस गरेर लगे । माओले रायमाझीलाई महेन्द्रलाई सहयोग गर्न भनेपछि पुष्पलाल कम्युनिष्ट आवरणमा चिनको जासुसी गर्न भारतीय गुप्तचर भएर कामगर्न थाले । माओवादका नाममा नेपालका नक्कली माओवादीले युरो÷इसाई र रअ को योजनामा चिन विरुद्ध काम गरेजस्तै पुष्पलालले माक्र्सवाद, लेनिनवाद, माओबिचारधाराको भ्रम दिएर रअ को काम गरे । यसकारण माओले कहिल्यै पनि पुष्पलाललाई चिनमा बोलाएनन् । जबकि त्यो समयमा माओनै सत्तामा थिए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र रअले तत्कालीन पुर्बी पाकिस्तान बिभाजन गरेर बंगला देश निर्माण गर्ने कुरामा माओ विरुद्धमा थिए तर पुष्पलालले त्यसलाई समर्थन गरे । रअले नेपाल विरुद्ध कम्युनिष्ट आवरणमा परिचालन गरेको नेपाल बिरोधि एजेन्ट पुष्पलाललाई कम्युनिष्ट नै नरहेका नेपालका नक्कली कम्युनिष्टहरूले स्मरण गर्दछन् । जिवनको अन्तिममा बिपि कोइराला जो आफै भारत र रअले प्रयोग गरेका ब्यक्ति हुन्, उनले राजा, राष्ट्र, राजनीति पुस्तकमा पुष्पलाल र मोहन विक्रम भारतीय विस्तारवादको नारा दिने भारतीय जासुस भएको खुलासा गरेर देहत्याग गरे ।

सन्दर्भ सेनाको संख्या विषयक बहस
इतिहास अफगानिस्तानको सन्दर्भ नेपालको । अफगानिस्तानमा नेपालमा जस्तै राजतन्त्र थियोे, सन् ६० को दशकमा परिवार भित्रै राजा जाहिर साहका ज्वाइँ दाउदलाइ प्रयोग गरेर सेनाले गणतन्त्र ल्यायो । नेपालमा बाहिरी रूपमा भारतीय गुप्तचर संस्था रअले पालेका कम्युनिष्टहरू आवरणमा देखिए पनि नेपालमा राणाहरूलाइ प्रयोग गरेर सेनाभित्रबाट राजा बिरेन्द्रको हत्या गराइयो । यो हत्या षड्यन्त्रलाई अन्यत्र मोडन एकथरीले अर्थात् वर्तमान राष्ट्रपति तत्कालिन समयका गृहमन्त्री रामचन्द्र पौडेलले दिपेन्द्रले हत्या गराएको प्रतिक्रिया दिए भने पत्रकार युवराज घिमिरे मार्फत डा.बाबुराम भट्टराईले कान्तिपुरमा र पत्रकार प्रतीक प्रधान मार्फत नेपाल चीन अध्यक्षन केन्द्रका अध्यक्ष मदन रेग्मीले ज्ञानेन्द्र केन्द्रित सेनाको बचाउमा द काठमाडु पोष्टमा लेख लेखे । दरबारमा रहेका ४ हजार बढी सेना र प्रधानसेनापतिको कुनै जिम्मेवारीनै नभए जस्तो गरि ज्ञानेन्द्रलाई एकातर्फ राजा पनि घोषणा गर्ने र अर्कोतर्फ अपराधी करार गरियो । यसबाट जनतामा राजतन्त्रप्रति घृणा फैलाइयो । विगतमा मदन रेग्मी, बाबुराम भट्टराईले छरेको भ्रमको निरन्तरता अहिले आएर केपी ओलीले दिन खोज्दैछन् । अहिले सेनाको एजेन्डा बिहिन बचाउमा ३ थरी बिभिन्न फरक आवरणमा रहेकाहरू एकैठाउँमा देखिन्छन् तर उनिहरू यो सेनाको औचित्यका विषयमा बोल्न चाहँदैनन् । दरबार हत्याकाण्डमा ज्ञानेन्द्रलाइ हत्यारा करार गर्न भुमिका निभाएका युवराज घिमिरे र मदन रेग्मीजस्ता विपरित जस्ता देखिने बुद्धिजीवी र पत्रकारहरू दिपेन्द्रलाई हत्यारा करार गर्न महानिशा लेख्ने देवप्रकाश त्रिपाठी जस्ता पत्रकारहरू, एमसिसिको बिरोध गर्नेहरूलाई चिनियाँ चौकिदार भन्ने छद्मरूपमा भारतको आरएसएस आबद्ध ब्यक्तिहरू घोर गणतन्त्रबादी एमाले उपाध्यक्ष ईश्वर पोख्रेल, सुरेन्द्र पाण्डे र केपी ओलि निकट गोकुल बाँस्कोटाहरू, आफुलाइ चिनियाँ निकट भन्ने प्रेमसागर पौडेलहरू बिचारगत रूपमा यो प्रतिनिधि उदाहरण मात्रै हो । बाहिर देख्दा फरक फरक पृष्ठभूमिका जस्ता देखिने यी विभिन्न प्रवृत्ति हरूलाइ सेनाको बचाउमा कुन शक्तिले एकैठाउँ ल्यायो ? हो ३ करोड जनसंख्या भएको उतर कोरियामा १० लाख सेना छ जो अमेरिकी साम्राज्यवादसँग मुकाबिला गरेको छ ।

तर नेपालको सेना भारतको मानार्थ र राष्ट्रसंघको शान्ति सेना छ यसले आफनै परमाधिपती राजा बिरेन्द्र, ज्ञानेन्द्रको सुरक्षा गर्दैन सन्सारभरी शान्ति सेना बनेर हिँडेको छ र त्यसैमा गर्व गर्छ । यसबारेमा सेनाको बचाउमा लागेका पत्रकार बुद्धिजीवी समर्थकहरूको के धारणा छ ? बिचार बिनाको सेना मरेको लासहरूको समूह हो । उतर कोरियाको सेनासँग बिचार छ, देशभक्त भावना छ समर्पण छ त्यस्तो सेना आवश्यक हुन्छ नेपालको सेनामा ठेक्कापट्टा र ब्यापारमा छ । के ब्यापार र ठेक्का गर्ने सेनाले देशको सुरक्षा गर्छ ? जसरी अफगानिस्तानमा रुसको प्रवेशपछि राजा जाहिर शाह बिस्थापन गर्ने सेना विघटन भयो र अन्ततः तालिवानले सता कब्जा ग¥यो नेपालमा अब कस्ले गर्ने शक्तिराष्ट्रको होडबाजी चलिरहेकोछ । अघिल्लो पटक तालिवानको पतनपछि अमेरिकीहरूले जाहिर शाहलाई राजा हुन आग्रह गरे उनले मानेन नेपालमा सिआइएको योजनामा तत्कालीन प्रधान सेनापती रुकमाङ्गद कटवाल र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अगाडि सारेको सिआइए योजनाको बेबिकिङ राजा ज्ञानेन्द्रले अफगानिस्तानमा जाहिर साहले राजा हुन अश्विकार गरेजस्तै अश्विकार गरे । तत्पश्चात दरबार हत्याकाण्डपछि युवराज घिमिरे मार्फत कान्तिपुरमा नयाँ कोतबर्बलाइ मान्यता दिनुहुँदैन भनेर लेख्ने बाबुराम भट्टराईले कान्तिपुर टेलिभिजनको स्व. इन्द्र लोहनीलाई दिएको अन्तरबार्तामा रअ को योजनाको साँस्कृतिक राजा राख्न सकिने अन्तरबार्ता दिए । जसलाई राजा ज्ञानेन्द्रले अश्विकार गरे । आहिले सेनाको संख्याको बहस कागले कान लग्यो भन्ने हल्ला चलाएर कुखुरा चोर्ने इन्डो÷अमेरिकी स्यालहरूले गरिरहेका छन् । यहाँ सेनाको संख्या होइन सेना केका लागि ? यदि उतरकोरिया जस्तो देशभक्त सेनाहो भने बढाउनु पर्दछ तर कम्बोडियाको जस्तै या अफगानिस्तानको जस्तै राष्ट्रघाती सेना हो भने संख्याको विषय होइन खारेज गरेर देशको लागि सेना चाहिन्छ त्यसकारण शस्त्र प्रहरीबललाई सेनामा रूपान्तरण गरेर संख्या वृद्धि गर्नुपर्दछ । अहिले बेबि किङ भन्ने राजाबादी, आरएसएस हिन्दूबादी, एमाले माओवादी भित्रका गणतन्त्रबादी, चिननिकट भन्ने राष्ट्रबादी र सेनाको संख्या घटाउने भन्नेहरू एउटै हुन् । यिनीहरूको केन्द्र काठमाडौं, बेइजिङ, दिल्ली होइन वासिङटन डिसी हो । सेनाको संख्या होईन एजेन्डा सहितको सेना अर्थात पृथ्वीनारायण शाह र बहादुर शाह, मत्स्येन्द्रनाथ, गोरखनाथ, भैरवनाथ, भगवन्तनाथ लिगेसिको सेना उतरकोरियामा जस्तै १० लाख बनाउँदा हुन्छ । बिरेन्द्रको कत्लेआम गर्ने जन्ति, मलामी, सलामी, गुलामिमा सिमित भारतको मानार्थ र राष्ट्रसङ्घको शान्ति सेना विघटन गरिदिए हुन्छ ।