Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली नोट बनाउने मेशिनसहित ३ जना पक्राउ

काठमाडौं । नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका(६ नयाँबस्ती बिपुल चोक बस्ने दोलखा मेलुङ गाउँपालिका(७ का पृथ्वी राज भन्ने २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेका छन् ।
नयाँबस्ती बिपुल चोकस्थित कोठा भाडामा लिई नक्कली नोटहरू छापीरहेको अवस्थामा नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्री सहित उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनीहरुबाट नेपाली रुपैयाँ १ हजार जस्तो देखिने ६५५७१० नम्बर उल्लेख भएको सगरमाथाको चिन्ह, गभर्नरको सहिछाप अंकित भएको र पछाडी भाग सादा भएको कागज पाना १७ थान, अगाडितर्फको भाग खाली अवस्थामा रहेको पछाडितर्फ हात्तीको चिन्ह भएको कागज पाना १५ थान, अगाडि र पछाडीको भाग केही टाँसिएको ६५५७१० नम्बर उल्लेख भएको कागज पाना १ थान, अगाडिको भाग मात्रै रहेको ६५५७१० नम्बर उल्लेख गरेको कागज १ थान गरी जम्मा ३४ थान, विभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५ रुपैयाँ, पातलो चिप्लो कागज पाना १ सय ४२ थान र काटेको अवस्थाको कागज पाना १ सय ४९ थान, बाक्लो कागज पाना ६० थान, रंगीन फोटोकपी मेसिन, कम्प्युटर २ थान, सियो, क्यामेरा र कैची लगायतका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल