Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली बिरामी बोक्ने एम्बुलेन्स चालक पक्राउ

रामेछाप । मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अवस्थामा फेला पारी प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार