Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिल बैंकका संचालक तथा कर्मचारीहरुको यस्तो योगदान

काठमाडौं । कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बंैकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८ सय ६७ रुपैणँ १५ पैसा योगदान गरेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बंंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मन्त्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइरालाको उपस्थिती थियो । कोरानाभाइरस महामारीविरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका संचालक तथा कर्मचारीहरुले कोरानाभाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले उल्लेख गरेका छन् । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बंंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारीविरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्ने संचालक समिति सदस्य र बैंकका कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरे । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।