Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको वार्षिक साधारण सभामा संचालक समितीद्वारा प्रस्तावित उक्त लाभांश पारित भएको हो । साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ३३।६०५ प्रतिशत बोनस शेयर तथा ४।४०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
आव २०७७–७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ । यसैगरी सभाले आ।व। २०७८–७९ को लागि वाह्य लेखापरीक्षकहरु श्री एसएआर असोसिएटस चार्टड एकाउन्टेन्टस तथा पिजिपिएन एण्ड को चार्टड एकाउन्टेन्टस लाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ । सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ का लागि उदय कृष्ण उपाध्याय र एनबी ९ईन्टरनेशनल० लि। लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो ।
साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल मंसिर १५ देखि बैंक संचालक समिति एनबीलाई प्रतिनिधित्व गर्दै आएकोमा आजै सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबीलाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।